हेर्नुस कति लामा नङ, पोलिस लगाउनै लाग्छ एक हप्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७३, आईतवार ०६:०६

मानिसका सोख विचित्रका हुन्छन् । यी युवतीलाई हेर्नुस, जसले गिनिज बुकमा नाम लेखाउने इच्छाले भाला जत्रा नङ पालेर बसेकी छिन् ।

अमेरिकाको होउस्टनमा बस्ने यानी विलियम्स भुतपूर्व व्यूटीसियन हुन् । बिल क्लिन्टन ह्वाइट हाउस पसेका बेलादेखि उनले नङ पाल्न थालिन् । अहिलेसम्म काटेकी छैनन् ।%e0%a4%a8%e0%a4%82%e0%a4%97

विलियम्सका अनुसार आफ्ना नङमा पोलिस गर्न मात्र उनलायृ एक हप्ता जति लाग्छ । उनका नङ घटीमा २६ इन्च र बढिमा २६।५ इन्च लामा छन् । उनी आफ्ना नङले विश्वकिर्तिमान राखेको हेर्न चाहन्छिन् । तर, त्यसका लागि उनले अझै लामो यात्रा तय गर्नु छ ।

सबैभन्दा लामो नङको विश्वकिर्तिमान अमेरिकाकै क्रिस्टिन वाल्टनको नाममा छ । उनको नङ १९ फिट १ इन्च लामो छ । अहिलेसम्मकै सबैभन्दा लामो नङको रेकर्ड चाहिँ ली रेडमोन्डको नाममा छ जसका नङ २८ फिट साढे ४ इन्च लामा थिए । तर, सन् २००९ मा भएको कार दुर्घटनामा उनले आफ्ना नङ गुमाइन् ।

विलियम्सका गोडाका नङ पनि लामा छन् । तर हातका जस्ता लामा होइन । उनलाई एउटा टिभी रियालिटी शोमा प्रस्तुत भएर आफ्नो नङको कथा सुनाउने इच्छा छ । नङले नै आफूलाई अरुभन्दा फरक देखाएको र पहिचान दिएको भनेर उनी खुशी छिन् ।

विलियम्स भन्थिन्, ‘नङ लामा नभएको भए मलाई कसैले पनि ख्याल गर्ने थिएनन् र म भिडमा हराउने थिए । अहिले नङले गर्दा नै म चिनिएकी छु ।’ एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१