संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार तीन जना उच्च सरकारी पदाधिकारी नियुक्त गरेका छन् । उनले महान्यायाधिवक्तामा सिनेटर जेफ सेसन ६९, मिचेल फ्लिन ५७ राष्ट्रिय सुरक्षा सल्लाहकार र सांसद मिक पोम्पेओ ५२ लाई ‘सेन्टल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुखमा नियुक्त गरेका हुन् ।
एक जना सम्मानित र ख्याति प्राप्त कानुनविद्, जसलाई सबैले चिन्दछन् त्यस्ता व्यक्ति सिनेटर जेफ सेसनलाई महान्यायाधिबक्तामा नियुक्त गरिएको छ,’ ट्रम्पद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
ट्रम्पको वेभसाइडमा राखिएको वक्तव्यमा भनिएको छ, ‘मिचेल फ्लिन जस्तो व्यक्तिलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउादा म ज्यादै खुसी छु, उहााले इस्लामिक आतङवादको प्रतिवाद गर्न सक्नुहुने छ र भूराजनीतिक चुनौतीलाई राम्रोसाग बुझ्नुभएको छ ’सांसद मिक पोम्पेओलाई सिआइएको प्रमुख बनाउन पाएकामा आफूलाई गर्व लागेको पनि ट्रम्पले बताएका छन् ।
वक्तव्यमा ती तीनै जनाले आफूलाई नियुक्त गरिएको स्वीकार गरेका छन् । सामूहिक रुपमा नियुक्त गरेको ट्रम्पको यो दोस्रो पटक हो । यसअघि उनले रिन्स प्रिबसलाई कर्मचारी प्रमुख र स्टेफेन बाननोनलाई प्रमुख कूटनीतिज्ञका रुपमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया