भारु साट्न सरकारले कुटनीतिक पहल गर्नुपर्छः अर्थविद्हरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७३, बिहीबार ०४:४६

काठमाडौं । अर्थविदहरुले सरकारले कुटनीतिक पहल गरेर न्यून मध्यम वर्गिय नेपालीहरुसँग भएका भारतीय नोट साट्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको अन्तरक्रियामा अर्थविद्वहरुले सरकार र राष्ट्रबैंकले नेपालमा रहेका ठूला दलका नेताहरुले   भारतीय नोट साट्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखेका हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारतीय रुपैयाँको व्यवस्थापन नेपाल सरकारको टाउको दुखाइको विषय नभएको बताए । उनले भारतसँग खुला सिमाना र नेपालीहरुले उपचार अध्ययन र रोजगारीमा प्रत्यक्ष सरोकार राख्ने भएकाले मात्र नेपालले भारतीय नोटको व्यवस्थापन गर्न बाध्य भएको बताए ।
पूर्व अर्थमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सस्तो लोकप्रियताका लागि चालेको गलत कदम भएको टिप्पणी गरे ।

कार्यक्रममा राष्ट्र बैंकका पूर्व गर्भनर डा। तिलक रावलले सरकारले कुटनीतिक पहल गरेर नोट साट्ने व्यवस्था नगरे भारतले नोट साट्न नमान्ने बताए । उनले सरकारले कुटनीतिक पहल नगरे न्यून आय भएका भारतमा रोजगारी गर्ने र भारतीय गोरखा सैनिकका परिवालाई ठुला दरका नोट साट्न समस्या हुने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१