सबैभन्दा बढी पढेकी नायिका, कसरी अाइन् फिल्ममा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७३, बिहीबार ०३:४८
aliyaबलिउडमा शसक्त अभिनयमा परिणीती चोपडाले आफ्नो राम्रो स्थान बनाएकी छन्। परिणीती चोपडा हाल बलिउडमा सबैभन्दा धेरै पढेकी अभिनेत्रीमा पर्छिन्।
२८ वर्षीय परिणीतीले बलिउडमा करियर सुरु गर्नुअघि इन्भेस्टमेन्ट बैंकिङमा काम गरिरहेकी थिईन्। उनले बेलायतको म्यानचेस्टर बिजनेस स्कुलबाट तीन विषयः बिजनेस, फाइनान्स र अर्थशास्त्रमा डिग्री हासिल गरेकी छन्। उनी त्यहीँ काम गरिरहेकी थिईन्। तर सन् २००९ भएको आर्थिकमन्दीपछि उनी भारत फर्किन् र आफ्नी दिदी प्रियंकासँग मुम्बइमा बस्न थालिन्।
त्यसपछि उनले यसराज फिल्म्समा ‘पब्लिक रिलेसन्स् कन्सलट्यान्ट’ को रुपमा काम गरिन्। पछि उनले यही कम्पनीका लागि अभिनेत्रीको रुपमा साइन गरिन्। सन् २०११ मा रोमान्टिक कमेडी फिल्म ‘लेडीज भर्सेज रिक्की बल’ बाट डेब्यु गरेकी परिणीतीले त्यसपछि पछाडि फर्कनु परेन। उनको अभिनयका लागि उनले ‘फिल्म फेयर एवार्ड फर बेस्ट फिमेल डेबुट’ पाईन् र ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ को नोमिनेसनमा पनि परिन्।
त्यसपछि उनले ‘इशकजादे’ मा काम गरिन् जो सफल रह्यो र उनको अभिनयको खुब तारिफ भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१