आइफोन सेभेन र सेभेन प्लसको बुकिङ खुल्ला,कुन मोडलको मूल्य कति ? हेर्नुस !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७३, मंगलवार १२:०५

i-phone-7 विक्री गर्नका लागि नेपालमा आइफोन सेभेन र सेभेन प्लस मोबाइलको बुकिङ खुल्ला भएको छ। एप्पलको नेपालस्थित आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोन विक्रीका लागि अग्रिम बुकिङ खुल्ला गरेको हो।

आइफोन सेभेन र सेभेन प्लस मोबाइल आगामी शुक्रबार राजधानीमा भब्य कार्यक्रम गरि सार्वजनिक गरिने जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिको निर्देशक निकिता भिमसरियाले सेतोपाटीलाई जानकारी दिइन। आइफोन खरिदका लागि गत विहीबारबाट नै बुकिङ खुल्ला भएको हो।

निकिताले आधिकारिक विक्रेताबाट मात्र आइफोन किन्न सुझाव दिइन। भ्याट बिल लिएर १ वर्षको ग्यारेन्टीको सुविधा लिन उनले सुझाइन। आइफोन सेभेन ९१ हजार रुपैयाँदेखि १ लाख १९ हजारसम्मका छन्। त्यस्तै सेभेन प्लस १ लाख ८ हजारदेखि १ लाख २२ हजार ५ सयमा किन्न सकिनेछ।

कुन मोडलको कति मूल्य

i-phone-7-phone

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१