नेपालमा पूर्वाधार निर्माणका योजनाहरुमा लगानी गर्न चीन इच्छुक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७३, सोमबार ०९:२७

काठमाडौँ ,२९ कार्तिक । नेपालमा पूर्वाधार निर्माणका योजनाहरुमा लगानी गर्न चीनका व्यावसायीहरुले चासो देखाएको पूर्वाञ्चलका उद्योगी व्यावसायीहरुले बताएका छन् ।

चीनको औद्योगिक शहर छन्दुमा आयोजना भएको ‘सातौं एशिया सिचुआन विजनेश प्रोमोसन राउण्ड टेवल कन्फ्रेन्स’मा सहभागि भएर फर्किएका उद्योगीहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन् । %e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2

चीन भ्रमण सकेर २७ गते स्वदेश फर्किएका उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययसहितको सात सदस्य टोलीले चीनका उद्योगी व्यापारीहरूले नेपालमा उत्पादित वस्तुको प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । विद्युत्, कृषि पर्यटन, खनिजजन्य क्षेत्रमा जहिले पनि लगानि गर्न चिनले इच्छा देखाएको उद्योगीहरुले बताए ।

कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले नेपालमा लगानीको वातवरण सिर्जना गरे चिनियाँ उद्योगी, व्यापारीले जलविद्युत लगायत ठूला परियोजनाहरुमा काम गर्न बढी उत्सुक देखिएको जानकारी दिए।

त्यस्तै सिमेन्ट उद्योग स्थापना तथा खानीजजन्य उद्योगहरु सञ्चालनकालागि आवश्यक वातावरण निर्माण गरेर नेपाली उद्योगीहरुले प्रस्ताव गरे आवश्यक लगानीसहित आउन उनीहरु इच्छुक देखिएको वरिष्ठ उपाध्यक्ष भीम घिमिरेले जानकारी दिए।

नेपालसहित २० वटा मुलुकको सहभागिता भएको भ्रमण निजीस्तरको यो नै सबैभन्दा पहिलो भ्रमण रहेको उपाध्यायले दाबी पनि गरे। चिनको औद्योगिक सहरको रुपमा परिचित छन्दुनमा भएको सो सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टे«ड ९सिसिआइपिटी० सिचुवान काउन्सिलका अध्यक्ष लि जोङले हस्ताक्षर गरेका हुन् ।

समझदारीमा पत्रमा आपसी व्यापार अभिवृद्धि गर्ने, दुवै संस्थाबीच निरन्तर सम्पर्क र समन्वय गर्ने, राजस्वको दर, भन्सारलगायत व्यवसाय सम्बन्धी सूचना आदान–प्रदान गर्ने, दुवै मुलुकमा हुने औद्योगिक प्रदर्शनीमा सहभागीता हुने, लगानीका अवसरबारे जानकारी गराउनेलगायतको विषय उल्लेख छ ।

छलफलपछि सन् २०१७ मा विराटनगरमा हुने औद्योगिक प्रदर्शनीमा चिनीयाँ टोली र उत्पादनसमेत राख्ने विषयमा समझदारी बनेको जानकारी दिइएको छ । दश दिने भ्रमणमा संगठनको तर्फबाट अध्यक्ष उपाध्याय, वरिष्ठ उपाध्यक्ष घिमिरे, उपाध्यक्षहरू प्याकुरेल, प्रदीप मुरारका, राजकुमार गोल्छा, कार्यकाररिणी समिति सदस्य सुशिल रिजाल एवं संगठनका महादिर्नेशक सोमनाथ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१