ब्ल्याक बेरीको नयाँ जेड थ्री सार्वजनिक हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ असार २०७१, बुधबार १३:२१

एजेन्सी ,
क्यानेडेली स्मार्टफोन निर्माता ब्ल्याकबेरीले नयाँ जेड थ्री स्मार्टफोन आज भारतमा सार्वजनिक गर्ने भएको छ। यो ब्ल्याकबेरीको सस्तो मूल्यमा पर्ने स्मार्टफोन हो। इन्डोनेसिया, भारतलगायत उदाउँदा बजार लक्षित गरी डिजाइन गरिएको सेट एक महिना अघि जकार्तामा सार्वजनिक गरिएको थियो।

पाँच इन्चको फ्याब्लेट जेड थ्री कम्पनीको नयाँ विवि १०-२-१ अपरेटिङ सिष्टमबाट सञ्चालित हुन्छ। ब्ल्याकबेरीले इन्ड्रोइड छाडेर पहिलो पटक आफ्नै ओएस अपरेटिङ सिष्टम प्रयोग गरेको यो पहिलो स्मार्टफोन हो।

यसबाट प्रयोगकर्ताले थप सुरक्षा महसुस गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै एप इकोसिष्टममा पनि सहज पहुँच हुनेछ। नयाँ स्मार्ट फोन सार्वजनिक हुने बेला संयोग पनि परेको छ कि, केहि महिना भित्रै विवि १० प्रयोगकर्ताले एमेजोन एप स्टिोरमा सिधै पहुँच पाउने घोषणा भइ सकेको छ।

जेड थ्रीको मूल्य भारतीय बजारमा ११ हजार भारु तोकिने अनुमान गरिएको छ। नेपाली रुपैयाँमा यो मुल्य १७ हजार सात सय हो । नेपालको बजारमा यो सेट कहिले उपलब्ध हुन्छ भनेर कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१