ट्रम्पकै अगाडि उभिएर मेलानियाले नग्न तस्विर खिचेपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७३, शनिबार १३:३०

काठमाडौं ।  भनिन्छ– एउटा पुरुष सफल हुनुमा महिलाको हात पनि ठूलो हुन्छ । अब अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकनका उम्मेदवार डोनाल्ड जे ट्रम्प निर्वाचित भएका छन् । त्यसैले उनकी श्रीमतीको कुरा बाहिर आउनु नौलो होइन । तर, के चाहिँ सत्य हो भने जति श्रीमतीको विषयमा यसअघि अमेरिकी राष्ट्रपतिको चर्चा हुन्थ्यो, त्योभन्दा कैयौँगुणा बढी ट्रम्पकी श्रीमतीको भएको छ । किनकि, उनी अबकी अमेरिकी प्रथम महिला हुन् । अफसोस १ अहिले जो चर्चामा छिन्, उनी ट्रम्पकी ‘प्रथम महिला’ होइनन् । अबकी अमेरिकी प्रथम महिला मेलानिया डोनाल्डकी तेस्री श्रीमती हुन् । त्योभन्दा पनि बढी उनी एक मोडल हुन् । उनीबारे केही तथ्यहरु
उनी ट्रम्पभन्दा २४ वर्ष कान्छी छिन् । उनले ट्रम्पसँग पहिलोपटक सन् १९९८ मा भेटेकी थिइन् ।
ट्रम्पसँग मेलानियाको पहिलो भेट न्युयोर्कमा भएको थियो । त्यतिवेला ट्रम्प व्यवसायमा निकै अगाडि पुगिसकेका थिए । यो भेट एउटा फेसन सोमा भएको थियो ।us-1st-lady-melania-0
तर, मेलानियासँगको सम्बन्ध र चिनजानबारे ट्रम्पले सन् १९९९ को अन्त्यसम्म पनि गोप्यता राखेका थिए । यही कुरा मेलानियाले पनि भनेकी थिइनन् ।
त्यसअघि नै दुईपटक विवाह गरिसकेका ट्रम्पले सम्बन्धविच्छेद गरिसकेका थिए । सन् २००४ मा मेलानियासँग उनको इन्गेजमेन्ट भयो । त्यसपछि बल्ल यो विषयमा बाहिर समाचार आउन थाले ।
यी दुईले २२ जनवरी २००५ मा विवाह गरेका हुन् । यी दुईबाट एक सन्तान छन् । अहिले १० वर्षका छोरा पनि ट्रम्पले भोट खसालेको मतदान केन्द्रमा पुगेका थिए ।
अहिले मेलानिया ट्रम्प ४६ वर्षकी भइन् । उनको जन्म युगोस्लाभियामा भएको थियो । उनकी आमा फेसन व्यवसायमा थिइन् ।
मेलानियाले १६ वर्षकै उमेरमा मोडलिङ सुरु गरेकी थिइन् ।
मेलानिया १७ वर्षकी थिइन् जतिवेला उनी फोटोग्राफर स्टेन जर्कोको नजरमा परिन् । यही कुरा उनलाई फलिफाप भयो । स्टेनको अफरकै कारण उनी चर्चामा आइन् । स्टेनले उनको फोटोसुट गर्ने अफर गरेका थिए ।
स्टेनकै अफरका कारण उनी चर्चामा आउन थालेकी थिइन् । त्यसैका कारण उनले इटालियन पत्रिकामा आफूलाई स्थापित गराइन् । त्यतिवेला मेलानिया १८ वर्षकी मात्र थिइन् ।
मेलानियाको सबैभन्दा ‘बोल्ड’ फोटोसेसन त्यतिवेलाको मानिन्छ जुन उनले बेलायतको एक पत्रिकाका लागि दिएकी थिइन् । त्यतिवेला उनको चर्चा खासै ठूलो थिएन । तर, बेलायती पत्रिका ‘जिक्यु’को प्रथम पृष्ठमा उनको निर्वस्त्र फोटो छापियो । त्यो उनले ट्रम्पकै बोइङ ७२७ को अगाडि उभिएर दिएकी थिइन् ।
अहिले मेलानियाको विश्वमा ठूलो व्यवसाय छ । उनले पति डोनाल्ड ट्रम्पकै व्यवसाय सम्हाल्न थालेकी हुन् । तर, उनी गहना व्यवसायमा आफूलाई केन्द्रित गरिरहेकी छिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मेलानियाले पति डोनाल्ड ट्रम्पका लागि माफी मागेकी थिइन् । यो अमेरिकी राष्ट्रपति निर्वाचन अभियानको कुरा हो । डोनाल्डले महिलाबारे दिएका अभिव्यक्तिमा मेलानियाले भनेकी थिइन्, ‘मेरा पति जुन शब्दका प्रयोग गरिरहेका छन्, ती आपत्तिजनक तथा अस्वीकार्य छन् । तर, ट्रम्पको मन र मस्तिष्क नेता बन्नका लागि हो । म चाहन्छु, सबैले मेरो तर्फबाट उहाँलाई माफी दिनुहोस् । यो सबै अमेरिकाका लागि हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१