स्मार्टफोन कैयन् नयाँ नयाँ तथा अत्याधुनिक प्रविधिले युक्त हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७३, शुक्रबार ०७:१९

प्रविधिमा भएको विकाशसँगै स्मार्टफोन कैयन् नयाँ नयाँ तथा अत्याधुनिक प्रविधिले युक्त हुँदै गएका छन् । नयाँ प्रविधिको प्रयोग भएसँगै स्मार्टफोन अझै स्मार्ट बन्दैछ ।%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%ab%e0%a5%8b%e0%a4%a8%e0%a5%87

मोबाइल टेक्नोलोजी तिब्र रुपमा बदलिरहेको छ र आउँदो छोटो समयमै स्मार्टफोनहरुमा कैयन् अन्य सानदार फिचर्स थपिनेवाला छन् । यी मध्ये केही फिचर्स त अहिले नै कतिपय स्मार्टफोनमा उपलब्ध भैसकेका पनि छन् । तर भविष्यमा यी फिचर्स लगभग सबै स्मार्टफोनका आधारभुत फिचरका रुपमा रहनेछन् ।

यी हुन् भविष्यका स्मार्टफोनमा हुने ५ अत्याधुनिक फिचर्स:

१. बायोमेट्रिक पासवर्डस् अब छिटै तपाइँलाई स्मार्टफोनको सेक्योरिटी नम्बर तथा प्याट्रन सम्झिरहनुपर्ने झण्झट हुनेछैन । अक्युल स्क्यानिंग वा आइ वेन बायोमेट्रिक्स नामक प्रविधि स्मार्टफोनमा आउँदैछ । सन् २०१८ सम्ममा यो प्रविधि आउने बताइएको छ । आइ भेरिफाई नामक कम्पनीले यो फिचरको विकास गरिरहेको छ । यो प्रविधि फिंगरप्रिन्ट भनदा तिनगुणा बढि सुरक्षित हुनेछ ।

२. फोल्ड हुने स्क्रिनस् तपाइँले यस्तो स्मार्टफोनको सायद कल्पना पनि गर्नुभएको छैन होला, जसको स्क्रिन फोल्ड गर्न सकियोस् । तर यस्तो प्रविधिको पनि विकाश भैरहेको छ । धेरै कम्पनीहरु यस्तो स्क्रिन बनाउन लागिरहेका छन् । चाहिएको बेला स्क्रिन ठूलो पार्न सकियोस् र अरुबेला फोल्ड गरेर सानो बनाई गोजीमा राख्न । अर्गानिक लाइट इमिटिंग डायोड प्रविधिको मद्धतले यो सम्भव छ । यसमा कागज जस्तै पातलो स्क्रिन हुन्छ, जसलाई दुबैतर्फबाट एकसाथ प्रयोग गर्न सकिन्छ ।

३.  वाटरप्रुफिंगस् भुलवस स्मार्टफोन पानीमा खसेर वा स्मार्टफोनमा पानी छिरेर बित्यास पर्ने हो की रु यसको चिन्ता सबैमा हुन्छ । कैयन् कम्पनीहरुले आफ्ना स्मार्टफोनहरु वाटरप्रुफ भएको दाबी गरेपनि शतप्रतिशत वाटरप्रुफ हुन सकेका छैनन् । तर अब साँच्चीकै पूर्ण रुपमा वाटरप्रुफ स्मार्टफोन बनाउने प्रविधिको विकाश भएको छ । एद्दष् ९ब्चष्मष्यल०, ीष्त्रगष्उभ ितथा ज्शइ ९ध्बतभचद्ययिअप० जस्ता कम्पनीहरु आफ्नो प्रविधि स्मार्टफोन निर्माताहरुलाई बेचिरहेका छन् ।

४. भ्वाइस कन्ट्रोलस् स्पीच रिकग्निसन इन्जिन सिरी लञ्च भएपछि भ्वाइस कन्ट्रोल फिचर निकै लोकप्रिय भैरहेको छ । यो फिचर आइफोन जस्ता केही स्मार्टफोनमा उपलब्ध छ तर अन्य स्मार्टफोनहरुले पनि यसमा ध्यान केन्द्रित गरिरहेका छन् । भ्वाइस कन्ट्रोलबाट प्रयोगकर्ताले स्मार्टफोनमा म्यूजिक प्ले गर्न, फोन कलको उत्तर दिन तथा एप रन गर्ने जस्ता कैयन् काम गर्न सक्दछन् ।

५. फास्ट अपरेटिंग सिस्टमस् अहिले स्मार्टफोनमा निकै धेरै एप्स प्रयोग हुन्छन् । धेरै एपहरु सही ढंगले तथा उच्च गतिमा चल्नका लागि स्मार्टफोनको अपरेटिग सिस्टम राम्रो हुनु आवश्यक हुन्छ । एन्ड्रोइडले पछिल्लो नोगट अपरेटिंग सिस्टम ल्याएको छ । यो अपरेटिंग सिस्टम अझै सबै स्मार्टफोनमा उपलब्ध भैसकेको छैन र छिटै हुनेवाला छ । यो अपरेटिंग सिस्टमको सबैभन्दा राम्रो फिचर भनेको तपाइँले भर्चुअल रियालिटीको अनुभव लिन सक्नुहुन्छ । यसमा मल्टी विन्डो भ्यू मल्टी ल्यांग्वेज सेटिंग्स तथा डोज मोड जस्ता फिचरहरु रहेका छन् । यी तथा यस्तै अत्याधुनिक फिचरवाला अपरेटिंग सिस्टमहरु भ्विष्यमा स्मार्टफोनका आधारभुत अपरेटिग सिस्टम बन्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१