सुनको भाउमा एकदिनमै भारी गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७३, बिहीबार १२:२६

काठमाडौं २५ कात्तिक । सुनको भाउ बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले घटेको छ ।

तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने अघिल्लो दिनको तुलनामा १३ सय रुपैयाँले बढेर सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ४५ रुपैयाँ किनबेच भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१