चिसो बढे पनि डेङ्गुको सङ्क्रमण घटेन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७३, बिहीबार ०९:३९

भरतपुर । जाडो याम सुरु भए पनि चितवनमा डेङ्गु नियन्त्रणमा आउन सकेको छैन । ‘स्क्रब टाइफस’को सङ्क्रमणबाट जिल्ला नै प्रभावित भइरहेका बेला चितवनका विभिन्न स्थानमा डेङ्गुको सङ्क्रमण बढेको हो । त्यसमा जिल्लाकै दोस्रो ठूलो सहर रत्ननगरका बासिन्दा बढी प्रभावित छन् । भदौ अन्तिमदेखि सुरु भएको डेङ्गुको सङ्क्रमण अझै नियन्त्रण भइसकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका ज्वरोका बिरामी मध्ये ५५४ जनामा डेङ्गु देखिएको छ ।मभलनगभद्ध
“चितवनमा भदौयता ५५४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ”, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक निरीक्षक राम केसीले भन्नुभयो, “रत्ननगर नगरपालिका भित्रका ८० प्रतिशत बिरामी सङ्क्रमित भेटिएका छन् । ” सङ्क्रमितमध्ये विगत एक हप्तामा मात्रै १९१ जना सङ्क्रमित भएका जनस्वास्थ्य कार्र्यालयको तथ्याङ्क छ ।

डेङ्गु सङ्क्रमित रत्ननगर नगरपालिका भित्रको वडा नम्बर १,२,३,४ र ८ का बढी छन् । एकै वडा वा गाउँमा एकै प्रकृतिका बिरामी पाँच जनाभन्दा बढी भेटिए महामारी मानिन्छ । उच्च ज्वरो नै यसको लक्षण हो । यसले शरीरमा प्लेटलेसको मात्रा कम गराएर बिरामीको ज्यान जान सक्ने चिकित्सक बताउछन् । तर, चितवनमा यो वर्ष डेङ्गु कै कारण कसैको ज्यान गएको छैन ।

‘अहिले डेङ्गु नियन्त्रण गर्न कठिन भएको छ’, भरतपुर अस्पतालका फिजिसियन डा। भोजराज अधिकारीले भन्नुभयो, “अहिले रत्ननगर क्षेत्रबाट ज्वरो आएर उपचारका लागि आउने अधिकांश बिरामीको परीक्षणमा डेङ्गु भेटिएको छ । यो पहिलो स्टेजसम्म त उपचार गर्न सकिन्छ यसको पनि दोस्रो स्टेजका बिरामी आए उपचार हुन गाह्रो छ ।”

पछिल्लो समय स्क्रब टाइपसको सङ्क्रमण बढी रहेका बेला अहिले डेङ्गुको महामारी देखिएको हो । दुवै रोगको प्रमुख लक्षण उच्च ज्वरो हो । यो वर्ष स्क्रब टाइपसका कारण जिल्लामा ४ जनाको मृत्यु भएको छ भने ४५६ जना सङ्क्रमित भएका छन् ।

स्क्रब टाइपस मुसामा लाग्ने जुम्रा ‘माइट’ को टोकाइबाट लाग्ने रोग हो भने डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएको चिकित्सक बताउँछन् । स्क्रब टाइपस चितवनमा यसै वर्षदेखि सङ्क्रमणका रूपमा देखिएको हो भने डेङ्गु सन् २०१० देखि नै सङ्क्रमणका रूपमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयसँग तथ्याङ्क छ ।

कार्यालयका अनुसार डेङ्गुबाट आर्थिक वर्ष २०७२र७३ मा एक जनाको मृत्यु ८५ जनामा सङ्क्रमण, आर्थिक वर्ष ०७१र७२ मा ११९, ०७०र७१ मा ३७१, ०६९र७० मा ५२ जना, ०६८र६९ मा १ मृत्यु ६८ प्रभावित र ०६७र६८ मा ५ जनाको मृत्यु ७३९ प्रभावित थिए ।

पछिल्लो पटक आर्थिक वर्ष २०७३र७४ को भदौदेखि ५५४ जनामा यो रोगको सङ्क्रमण देखिएपछि जिल्लामा यसको नियन्त्रणका लागि विशेष पहल गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसको प्रभावित क्षेत्र रत्ननगर नगरपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । यसमा सरुवा रोग नियन्त्रण माहाशाखा काठमाडौँले उच्च ज्वरो नियन्त्रणका लागि पहल र कदमी नगरेका होइनन् तर त्यो नियन्त्रणमा आउन सकिरहेको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया