मेलम्ची खानेपानीः पाइपलाइन बिछ्याउने काम ६३ प्रतिशत सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७३, बिहीबार ०९:२६

काठमाडौं २५ कात्तिक ।  मेलम्ची खानेपानी आयोजनाको उप आयोजना २ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल तथा सुधारको काम ६३ प्रतिशत सम्पन्न गरेको छ ।melamchi

मेलम्ची खोलाबाट करिब २७ किमि सुरुङ हुँदै ल्याइने पानी राजधानीबासीका घर घरमा पुर्याउन हाल पाइप बिच्छ्याउने काम भइरहेको छ । पीआईडीले हालसम्म ४ सय २५ किमि पाइपलाइन विछ्याइ सेको जनाएको छ ।

यसमध्ये करिब २० किमि फलामे र बाँकी पोलिथिन पाइपलाइन विच्छ्याइएको पीआईडीका प्रवक्ता लीला ढकालले जानकारी दिए । उपत्यकाभित्र ५२ किमि थोक वितरण प्रणालीसहित पानी वितरणका लागि करिब ७ सय किमि पाइपलाईन विस्तार गर्नुपर्नेछ । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१