काठमाडौँ । १. डेमोक्र्याटिक पार्टी मध्यपश्चिमका अधिकांश राज्यमा निर्भर थियो । दशकौँदेखि डेमोक्र्याटिकको पक्षमा रहेका ती राज्यमा अश्वेत र निम्नवर्गीय गोरा मतदाताको बाहुल्य छ । निम्नवर्गीय गोराको कलेज शिक्षा हासिल नगरेको ठूलै समूह पार्टीप्रति निराश थियो । ग्रामीण बासिन्दाको सत्तारुढ पार्टीप्रति चरम असन्तुष्टि थियो । ठूलो संख्यामा मतदाताले निर्वाचन बहिष्कार गरेका थिए, जसको फाइदा ट्रम्पलाई भयो ।
२. आक्रामक स्वभाव
निर्वाचन अभियानमा ट्रम्पमाथि यौन दुव्र्यवहारदेखि अशोभनीय अभिव्यक्तिको आरोप लाग्यो । महिलाबारे अश्लील टिप्पणी गरेको भिडियो सार्वजनिक भयो । प्रत्यक्ष तीन बहसमा पनि उनको प्रस्तुतिको आलोचना भयो । तर, ट्रम्पले न माफी मागे न हतास भए । बरु पूर्वविदेशीमन्त्री हिलारीको इमेल काण्डमा उनी झन् आक्रमक भए जसको फाइदा उनलाई मिल्यो ।
३. कोमी फ्याक्टर
निर्वाचन अभियानको अन्त्यतिर संघीय जाँच ब्युरो ९एफबिआई० का निर्देशक जेम्स कोमीले हिलारी क्लिन्टनका गोप्य इमेल प्रकरण ब्युँताइदिए । एफबिआईले क्लिन्टनलाई सफाइ दिए पनि त्यसले ट्रम्पको पक्षमा बल पुग्यो ।
४. प्रचार शैली
ट्रम्पको प्रचार अभियान अस्वाभाविक थियो । उनले ह्याटमा धेरै खर्च गरे । अहिलेसम्म रिपब्लिकनका उम्मेदवार नपुगेको विसकन्सिन र मिसिगन राज्यमा पुगे । घरदैलोभन्दा बृहत् र्याली गरे । उनका चुनावी र्यालीमा क्लिन्टनका भन्दा तेब्बर संख्यामा मानिस सहभागी हुने गरेका थिए । निर्वाचन अभियानमा सेलिब्रेटी लगेर हाउभाउ देखाएनन् ।
५. अश्वेतको मत
निर्वाचनमा अश्वेत र आप्रवासीको बाहुल्य भएको राज्यबाट क्लिन्टनलाई अत्यधिक मत खस्ने अनुमान थियो । ल्याटिन अमेरिका र स्पेनिस मूलका अमेरिकीको सम्पूर्ण मत क्लिन्टनलाई जाने अनुमान गरिएको थियो । ट्रम्पको आप्रवासीविरोधी नीतिका कारण पनि धेरै आप्रवासीले उनलाई मतदान नगर्ने भविष्यवाणी गरिएको थियो ।
तर, क्लिन्टनले अश्वेतबाट अपेक्षाकृत रूपमा मत प्राप्त गर्न नसकेको चुनावपछिको सर्वेक्षणले देखाएको छ । निर्वाचनमा क्लिन्टनलाई ६५ प्रतिशत हिस्पेनिक स्पेनिस मूलका अमेरिकीको समर्थन छ भने ट्रम्पलाई २९ प्रतिशत छ । सन् २०१२ मा ओबामालाई ७१ प्रतिशत हिस्पेनिकको समर्थन थियो । ८८ प्रतिशत अफ्रिकी मूलका अमेरिकीले क्लिन्टनलाई समर्थन गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया