डोनाल्ड ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपतिमा निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७३, बुधबार १३:४२

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् ।

डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् ।निकै विवादिन बनेको यस पटकको चुनावमा ट्रम्पमाथि क्लिनटनले झिनो अन्तरले बाजी मार्ने चुनावअघिको सर्वोक्षणहरुले जनाएको थियो ।

तर, पहिल्लो मत परिणाम अनुसार अप्रत्यासित रुपमा ट्रम्प अघि देखिएका छन् ।

अन्तिम चरणमा पुगेको मत गणनामा ट्रम्पले २७४ इलेक्टोरल मत पाएको समाचार एजेन्सी एपीले जनाउको छ । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपति बन्न २७० मत आवश्यक पर्छ । अमेरिकी राष्ट्रपतिमा विजयी बन्न २७० इलेक्टोरल कलेज जित्नु आवश्यक हुन्छ ।

हालसम्म क्लिनटनले इलिनोइस, न्युयोर्क, रोड आइल्याण्ड, म्इासाचुसेट्स, कनेक्टिकट, म्यारील्याण्ड, नयुजर्सी, भरमोन्ट, डेलावेर र डिस्ट्रिक्ट अफ कोलम्बियामा, ओहायो विजयी भएकी छिन् ।

ट्रम्पले मोन्टाना, लुजियाना, टेक्सास, नब्रास्का, कान्सास, साउट डाकोटा, नर्थ डाकोटा, वायोमिङ, मिसिसिपी, अलाबामा, साउथ क्यालोराइना, टेनेसी, अक्लोहामा, वेस्ट भर्जिनिया, केन्टकी र इन्डियामा, भर्जिनियामा बाजी मारेका छन् ।

यसअघि, ट्रम्पले फेरि पनि आफूले हारे नतिजा अस्विकार गर्ने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१