अमेरिकी चुनावको प्रभावले डलरको भाउ घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७३, बुधबार १०:२१

काठमाडौं । अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ ।

अमेरिकामा भएको हरेक मत सर्वेक्षणले डेमोक्रेटिक हिलरी क्लिन्टन विजयी हुने देखाएको थियो । तर, जारी मत गणनामा ट्रम्पले क्लिन्टनलाई कडा टक्कर दिएका छन् ।

डलरको मूल्य स्वीस फ्राङ्कसँग १।२ प्रतिशत र जापानी यनसँग २।५ प्रतिशत घटेको छ । यस्तै मेक्सिकन पेसको भाउ पनि घटबढ भइरहेको छ ।

अनलाईन खबर बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१