बेलायती राजकुमार हृयारीले स्वीकार गरे मेगानसँगको प्रेम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७३, बुधबार ०७:०७

काठमाडौं । बेलायती राजकुमार हृयारीले आफू अमेरिकी अभिनेत्री मेगान मार्कलसँग प्रेममा परेको स्वीकार गरेका छन् ।prince-harry-n-his-gf

कङ्िस्टन प्यालेसद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा हृयारी र मेगान केही समयदेखि प्रेममा रहेको स्वीकार गरिएको छ । साथै राजकुमार हृयारीले मिडियाले उनलाई शोषण र उत्पीडन गरेकोमा आक्रोस पोखेका छन् ।

बिज्ञप्तिमा भनिएको छ, यो आवश्यक छैन कि मेगानलाई जोडेर बिभिन्न समाचारहरु सञ्चारमाध्यममा आउन् ।’

बिज्ञप्तिमा भनिएको छ कि प्रिन्स हृयारी यस्ता काल्पनिक कुराहरुमा निक्कै कम प्रतिक्रिया दिन्छन् र गएको साता सञ्चारमाध्यमले हद नाघेपछि प्रतिक्रिया दिन बाध्य भएका हुन् ।

पछिल्ला दिनहरुका बेलायती मिडियाले ३५ बर्षीया अभिनेत्री मेगानसँग ३२ बर्षीय राजकुमारको प्रेमको बारेमा पहिलो पृष्ठमा समाचारहरु प्रकाशित भइरहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१