आइएमइबाट पैसा पठाए र पाए बापत स्कुटर पाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०७३, मंगलवार ०७:४२

काठमाडौँ ,२३ कार्तिक ।  रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले दसैंको अवसरमा ल्याएको उपहार योजनाका विजेताहरुलाई उपहार प्रदान गरेको छ। असोज १ गतेदेखि ३० सम्म संचालन भएको ‘आइएमई हात हुँदैन खाली’ योजनाका चारजना विजेताहरुले युएम पावर म्याक्स स्कुटर प्राप्त गरेका छन्। %e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a4%a4

५ हजार २ सय काउन्टर, बैंक तथा विभिन्न वित्तिय संस्थाका शाखामार्फत सहभागी भएका सेवाग्राही मध्येबाट प्रत्येक हप्ता एक जना विजेता घोषित भएका थिए।

तिलक बहादुर श्रेष्ठ र आङ्ग नर्बु शेर्पाले मलेसियाबाट, सुरेन्द्रप्रसाद थारुले कतारबाट र डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठको कोड विजेतामा छनौट भएको थियो भने विजेताको सिफारिसमा लाल बहादुर श्रेष्ठ, भीम बहादुर चौधरी, भीमप्रसाद खड््का र हरि लक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हप्ताको लागि एक÷एक थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको थियो ।

आईएमइले आज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा विजेताहरुलाई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुतmरुपमा उक्त उपहार प्रदान गरेका थिए।

निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटी उपहारस्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको आईएमईले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१