कृषि विकास बैंक र इजी लिंक रेमिट्यान्स विच विप्रेषण कारोबारका लागि सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७३, सोमबार ०८:४२

काठमाडौं,२२  कात्तिक । कृषि विकास बैंक  र इजी लिंक रेमिट्यान्स विच विप्रेषण कारोबारका लागि सम्झौता भएको छ । सम्झौतामा कृषि विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र इजी लिंक रेमिट्यान्स प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गर्नु भएको छ ।adbl-1

उक्त सम्झौता पश्चात कृषि विकास बैंक लि।का कुनै पनि शाखाहरुबाट विदेश तथा स्वदेशमा बस्ने व्यक्तीहरुले जापान लगायत अन्य मुलकबाट सहज रुपमा विप्रेषण मार्फत रकमको आदन प्रदान गर्न सक्ने भै समग्र व्यवसायमा थप टेवा पुग्ने छ । उक्त अवसरमा कृषि विकास बैंक लि.का बोर्ड अफ डाइरेक्टर रमेश महत ,उप–महाप्रबन्धकहरु शेषरमण आचार्य , नरेश कुमार रोका , विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, शाखा प्रमुखहरु अरुण कुमार भट्टराई हिमलाल पौडेल, शा.अ.कृष्ण प्रसाद नेपाल, शा.अ.तारा न्यौपाने र अहिला अमात्य समेतको उपस्थिती थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१