कर्ण बहादुर अधिकारी मकाउ,चीन। “नेपाली नेपालको माया छ की छैन” भन्ने गीतलाई सम्झी सम्झी एकान्तमा बसी टोलाई रहेको छु।सुन्दै छु नेपालका राजनिति दलका नेताहरूले २०७२ सालमा जारी गरेको संबिधानलाई संशोधन गर्दै छन रे संशोधन त गर्नु पर्छ तर हामीले कल्पना नै गर्न नसक्ने कुराहरूमा संबिधान संशोधन हुने कुराले करोडौ नेपाली जनताहरू मर्माहित बन्दै छन।बास्तबिक सहि हो वा गलत त्यो त समयले नै देखाउलान तर अहिले सुनेको छु अब संशोधित हुने संबिधानमा अंगिकृत नागरीकता लिएर १० बर्ष पुरा भएका अंगिकृत नेपालीहरूले नेपाल सरकारको राष्ट्रपति ,प्रधानमन्त्री लगाएतका संबैधानिक पदहरूमा बस्न पाउने भन्दै संशोधनको तयारीमा गर्दै छन रे यदि यो सरकारले यो कुरालाई प्राथमिकता दिएर अगाडी बढ्यो भने भारतको स्वर्णीम सपना पुरा हुने पक्का छ किनकी भारत यहि चाहदै छ जसरी सिक्किममा राजनेताको रूपमा चिनिएका काजी लेण्डुप दोर्जेको नितिले सफलता पाई सिक्किम भारतमा गाभिएको थियो त्यसरी नै नेपालमा पनि नेपालका हित बिपरित लागेका राजनिति दलका खोल ओढेका लेण्डुपेहरूले सार्वभौम सम्पन्न राष्ट्र नेपालको चाबी साचो भारतलाई बुझाउने तयारी गर्दै छन भन्ने प्रष्ट हुँदै छ। २०७२ सालको संबिधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ तर अहिले आएर त्यसको विरोध गर्दै आन्दोलन गरी रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध तराई केन्द्रित दलहरुसँगको छलफल पछि नेपाल सरकारले त्यस बिषयमा संशोधनको प्रस्ताव गरेको बताइएको छ जसअनुसार अंगीकृत नागरिकता प्राप्त गरेको १० वर्ष भइसकेको अवस्थामा कुनै पनि व्यक्ति ती पदहरुमा आसीन भई पद धारण गर्न योग्य हुनेछन् भनि बिधान संशोधन प्रस्तावको अन्तिममा लेखिएको छ रे। यदि नेपालका सबै राजनिति दलहरूले यस बिषयमा संबिधान संशोधनमा सहमति जनाए भने नेपालको अस्तित्व र पहिचान बिश्वको मान चित्रबाट हट्ने पक्का पक्की नै छ।त्यसैले यस्ता राष्ट्रको हित नहुने कुरामा सहमति गर्नुको कुनै तुक छैन।तराईबासी दाजुभाईहरू सबै अंगिकृत पनि छैनन तर केहि सिमित ब्यक्ति अझै मधेशबादी दलहरूको खोल ओढी राजनिति गरी रहेका अंगिकृत नागरीकता बोक्ने केहि जमात र बिशेषत भारतको हैकमबादका कारण यो कुरा सृजित भएको हो।त्यस कारण अब यस बिषयमा नेपाली जनताहरू पनि जागरूक हुनु पर्ने अबस्था आई सकेको छ।यदि हामीले नै लत्तो छाड्ने हो भने देशको पहिचान पाउन पनि हामीलाई कठीन हुने छ।भारतकै ईशारामा लागेर नेपालले संबिधान संशोधन गर्ने हो भने नेपाल नै रहदैन भन्ने धारणा ब्यक्त गर्नु भएको थियो एमालेका नेता लालबाबु पण्डितले। बिचारका आधारमा फरक फरक धारणा भए पनि राष्ट्रियताका बिषयमा सबै एकै ठाउँमा रहनु पर्ने थियो तर यहाँ त त्यस्तो देखिएन।जन नायक बिपी कोईरालाले जब देशको राष्ट्रियताको बारेमा भारतले कुदृष्टिले हेर्यो त्यस पछि आफ्नो कार्यकर्ताको साथ स्वदेश फर्कनु भएको थियो।नेपाली राजनिति दलहरू प्रजातन्त्रको लडाई लड्दै थिए राजासंग तर आन्तरिक लडाई भए पनि राष्ट्रियताका लागि सबै एकै ठाउमा रहनु पर्छ उभिनु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो उहाँ भारतसंग सुमधुर सम्बन्ध त कायम गर्न चाहनु हुन्थ्यो तर भारतको गोटी चाहि कहिले बन्नु भएन तर आजको नेताहरूमा त्यस्तो देखिएन।सबै नेताहरू भारत परस्त देखिए। अंगिकृत नागरीकको बारेमा जुन किसिमको चर्चा छ त्यसले नेपाललाई उभोगति भन्दा पनि उधोगति तिर धकेल्ने पक्का छ।जुनै देशबाट नेपाल आएर अंगिकृत नागरीकता लिएको नागारीकले १० बर्ष पुरा गरेको छ भने देशकै बागडोर सम्हाल्न पाउने भए पछि हामी काँहा छौ पहिला मुल्याङ्कन गरौ।के अंगिकृत नागरीकता लिएकाले देशलाई राम्रो नै गर्छ भन्ने छ र ?वंशजको आधारमा नागरीकता लिएकाहरूको त यो हाल छ भने अरूको म कसरी बिश्वास गरू । यदि हामीले यस बिषयलाई समर्थन गर्ने हो भने भबिष्यमा न त नेपाल नै रहला न त हामी नेपाली नै।हामी सबै नेपालीहरूलाई चेतना हुन जरूरी छ।
प्रतिक्रिया