मिडल्सबर्गसँगको बराबरीले म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७३, आईतवार १२:५०

मिडल्सबर्गसँगको बराबरीले म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा झरेको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटी मिडल्सबर्गसँगको १–१ को बराबरीमा रोकियो। सिटीले पहिलो हाफको अन्तिम समयमा सर्जियो अग्युरोले गोल गर्दै टिमलाई अग्रता दिलाए। इन्जुरी समयमा मिडल्सबर्गका मार्टिन डि रुनले बराबरी गोल फर्काएका थिए।

%e0%a4%96%e0%a5%87%e0%a4%b2
जितपछि ११ खेलबाट २५ अंक भएको चेल्सी शीर्ष स्थानमा उक्लिएको हो। यस्तै समान खेलबाट २४ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरेको छ। यस्तै १० खेल मात्रै खेलेका आर्सनल र लिभरपुल समान २३(२३ अंकसहित तेस्रो र चौथो स्थानमा छन्। १० खेलबाटै २० अंक बटुलेको टोटनह्याम पाँचौ स्थान छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१