हिलारीकी छोरी भन्छिन – मेरी आमा नै राष्ट्रपति किन ? तीन कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७३, आईतवार १०:०१

%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%80-%e0%a4%9b%e0%a5%8b%e0%a4%b0%e0%a5%80

उहाँ बालबालिकाको हेरचाह गर्नुहुन्छ
प्रौढ हुँदासम्म म आमाको पहिलो प्राथमिकतामा छु भन्नेमा कुनै शंका थिएन । डिनरको समयमा त्यो दिन मैले के सिकेँ, मैले सिक्नका लागि के अपेक्षा गरेकी थिएँ र भोलि के सिक्दै छु भन्ने विषयमा केन्द्रित रहेर मेरी आमाले प्रश्न गर्नुहुन्थ्यो । त्यसपछि उहाँ आफू वकिल र अधिवक्ता हुँदा गरेका काम र अनुभव सुनाउनुहुन्थ्यो । कानुनी सहयोग पहिलो ग्रेड र स्वास्थ्य हेरचाह सुधार आठौँ ग्रेडमा परेको मलाई मन पथ्र्यो । अर्कान्सस राज्यमा सार्वजनिक विद्यालयको सुधारमा उहाँको प्रयत्नलगायत सम्पूर्ण बालबालिकाका लागि धेरै र राम्रो अवसर प्राप्तिका लागि मेरी आमाले गरेका काममा म गौरवान्वित भएको सम्झन्छु । सानो हुँदा मेरी आमासँग भएका धेरै सम्झना छन्– ब्राउनी बैठकपछि शनिबारको रमाइला भेटदेखि सोसर खेलसम्म । वकिल र बालबालिकाको विजेताका रूपमा उहाँले धेरै मिहिनेत गर्नुभयो।
मेरी आमाले म धेरै भाग्यमानी भएको बताउनुहुन्थ्यो । भगवान्ले दिएको सम्भाव्यता पूरा गर्ने सम्भावना हरेक बालबालिकासँग भएको सुनिश्चितता गर्नु मेरी आमाको जीवनको उत्प्रेरणा थियो । यही भएर अझै पनि उहाँ स्वास्थ्यसम्बन्धी बिदा, बालबालिकालाई शिक्षा, स्वास्थ्योपचार सुधारलगायतका विषयमा काम गर्नुहुन्छ । किन उहाँ वातावरण परिवर्तनविरुद्ध संघर्ष गर्र्दै हुनुहुन्छ रु कलेजमा सबैको पहुँच बढाउन प्रयत्नशील हुनुहुन्छ । किनकि, हाम्रा सम्पूर्ण बालबालिकाका लागि भविष्य खतरामा छ भन्ने उहाँलाई थाहा छ ।
उहाँ संघर्षशील हुनुहुन्छ
मेरी आमाले केही सुन्दर काम गरेको म सम्झन्छु । बालबालिकाको स्वास्थ्य बिमा कार्यक्रम बनाउन सहयोग गर्नेलगायत विषयमा म पूर्वाग्रही छु । सन् १९९४ मा म १४ वर्षकी हुँदा विश्वव्यापी स्वास्थ्योपचार ९सिएचआइपी० बारे मेरी आमाको प्रयत्न असफल भएका थिए । सो प्रयास हेर्दा गाह्रो थियो । तर, मेरी आमाले सो प्रयत्न नत्यागेकोमा म आश्चर्यचकित बनिनँ । बालबालिकाको वकालत गर्न उहाँ अग्र मोर्चामा पुग्नुभयो । केही वर्षपछि सिएचआइपी स्थापना ९सन् १९७७० भयो । आजभोलि सिएचआइपीले ८० लाख बालबालिकालाई आवश्यक स्वास्थ्योपचार सेवा उपलब्ध गराउँछ ।
किशोरीहरूका लागि उदाहरणीय हुनुहुन्छ
अभिभावक भएपछि मेरा लागि राजनीति नयाँ आवश्यकता बनेको छ । राजनीतिले पहिलेभन्दा अहिले बढी महत्व राख्छ । किनकि, हामीले जसलाई निर्वाचित गर्छौं, उसले विधि वा कानुन निर्माणलाई आकार दिन्छ र त्यो पारित भई बालबालिकाका लागि एउटा उदाहरण तय गर्छ । तसर्थ, म मेरी आमाप्रति पूर्वाग्रही भएँ भने मैले बालबालिकाका लागि एउटा राम्रो राष्ट्रपतिको कल्पना गर्न सक्दिनँ । मैले त्यस्तो उम्मेदवारलाई मतदान गर्दै छु, जसको कार्य र शब्दले मेरी छोरी चारलोट र मेरो छोरा एडन र सम्पूर्ण बालबालिकालाई ‘एउटी बालिका राष्ट्रपति बन्न सक्छिन्’ भन्ने सन्देश दिन सकून् । म नोभेम्बर ८ मा हुने मतदानमा उहाँलाई मत दिन आतुर छु र आशा छ तपाईंहरू पनि हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१