साहित्यकार गङ्गा लिगल सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७३, आईतवार ०९:३३

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास ह्युस्टन च्याप्टरको वार्षिक प्रकासन “दीयो” एवं स्रष्टा गङ्गा लिगल ( अमेरिका ) को मुक्तक कृति “काव्य जून” को विमोचन तथा साहित्यकार लिगलको सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ  । %e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%80कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुबै प्रकाशनको विमोचन गर्नु भएको थियो । कुलपति उप्रेतीले साहित्यकार लिगललाइ सम्मान पनि गर्नु भएको थियो । सो अवसरमा उहाँले नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा विश्वभर अनेसासले पुर्याउदै आएको योगदानको चर्चा गर्दै साहित्यकार गङ्गा लिगल सम्मानित भएकोमा बधाई दिनु भयो । अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्यापटरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा विमोचित कृति र सम्मानित स्रष्टाका बारे समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरु माया ठकुरी, शैलेन्द्र साकार, गङ्गा लिगल, अनेसास केन्द्रीय सदस्य एवं नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी, यादव भट्टराई लगायतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विशिष्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१