दुर्गानाथ शर्मा । अहिले नेपाल लोकमानमय भएको छ । जताततै लोकमान छाएका छन् । सडकमा लोकमान, संसद्मा लोकमान, राजनीतिक दलहरूको बैठकमा लोकमान, सञ्चारमाध्यममा लोकमान, गल्लीका चियापसलमा लोकमान । कहाँ छैनन् लोकमान रु सदनदेखि नेपालीका भान्सासम्म लोकमान पुगेका छन् ।
लोकमानमाथि संसद्मा एमाले र माओवादीले उनीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएपछि यो कुरा नेपालका र संसारमै आगोजस्तो फैलियो । उनलाई महाअभियोग लगाउनुअघि एउटा नाटक मञ्चन गरियो । सर्वोच्च अदालतले उनलाई उपस्थितिको लागि सूचना टाँस गर्ने कार्य पुरानो बानेश्वरवासीहरूका लागि राम्रै प्रदर्शन भयो ।
पुरानो बानेश्वर वडा नम्बर १० मा कार्कीको निवास छ, तर त्यहाँ उनी बस्दैनन् । उनी नबसेको पनि धेरै भइसक्यो । उनले आफ्नो घर सामसुङ कम्पनीलाई भाडामा दिएका छन् । उनी अख्तियारकै टंगालस्थित उनैका लागि निर्मित क्वार्टरमा बस्छन् । उनी त्यसबेला नेपालमा थिएनन् । यस्तै मौका पारेर उनको निवास खोज्दै एक हुल मानिस देखिए उनको घरअगाडि । मैले सुरुको दृश्य झट्ट सम्झेँ, जनयुद्ध सकिएर सरकार बनेको पनि थिएन । नेपाल गणतन्त्र र राजाविहीन भइसकेको थियो । त्यसबेला कार्की तत्कालीन श्री ५ को सरकारका मुख्य सचिव थिए ।
त्यसबेला माओवादी कार्यकर्ता आएर उनका ढोकामा अनेक आरोप लगाएर ठूलाठूला अक्षरले कोरेर कलात्मक ढोका बनाइदिए । त्यसमा उनलाई भ्रष्टाचारको नाइके दरबारको पुच्छर जस्ता अत्यन्तै असभ्य र जंगली गाली गर्दै पदवी ढोकामार्फत प्रदान गरिएको थियो । ढोकामाथि कम्युनिस्टका रातो झन्डा गाडेर माओवादीहरू उनी यहाँ ९घरमा० छैनन् भन्ने बुझेपछि यी नारा नमेट्नू र झन्डा पनि नझिक्नू भन्ने आदेश दिएर फर्केका थिए ।
हप्तौंसम्म माओवादीका डरले ढोकामा लेखिएका ती सेता अक्षर मेट्ने हिम्मत गरेनन् उनका सुरक्षाकर्मीले । सबैका लागि त्यहाँ अडिएर ती नारा पढ्ने अवसर प्राप्त भएको थियो । मेरो घर कार्कीकै घर अघिल्तिर छ, त्यसैले बिहान, बेलुकै नारा देख्ता मलाई नराम्रो लाग्यो र मैले त्यहाँ बसेका कार्कीका सुरक्षाकर्मीलाई अब त हप्ता पनि नाघिसक्यो, यो हटाई दिए हुँदैन भनेर सोधा सर, उनीहरूले हामी फेरि आउँछौं, यो केही नचलाउनु भनेर गएका छन् । कसरी झिक्ने र रु भनेर आफ्नो हुतिहारापन प्रकट गरेका थिए ।
तिनलाई मैले भनेको थिएँ, अगाडि घर भएको एउटा बाहुन केटो आएर अब यी पोस्टर हटाइदिए हुन्छ भने । साथै उनले कसले अक्षर मेट्ने आदेश दियो भनेछन् भने त्यही बाहुन केटाले भनेको भन्नु भनेर यो नाटकलाई पटाक्षेप गर्न आग्रह गरेका थिए ।
पछि उनै अख्तियार दुरूपयोग आयोगका प्रमुख आयुक्त भएर आए । त्यसबेला अख्तियारको प्रमुखमा उनको नियुक्ति र उनको योग्यतालाई लिएर ठूलै प्रचारबाजी भएको थियो । यसलाई पैसाको चलखेल पनि भन्थे । हाम्रो चासोको विषय नभएकाले यस्ता हल्ला सुन्नु र अखबारमा पढ्नुबाहेक हामी गर्नै के सक्थ्यौं र रु
त्यसबेला खिलराज रेग्मीको नेतृत्वमा मन्त्रिमण्डल गठन भएको थियो । त्यो सरकार प्रायः धेरैजसो ठूला दलको समर्थन थियो । मेरो यसरी भन्नुको तात्पर्य के हो भने उनीमाथि यस्तो आरोप लागेकोमा उनैलाई मुख्य आयुक्त नियुक्ति गर्ने र उनैलाई सिफारिस गर्ने दलहरू पनि दोषी छैनन् र ?
तिनलाई पनि महाअभियोग लगाउनेतिर हाम्रा दलहरू लाग्लान् रु पुरानो बानेश्वरको यो नाटकमा सर्वोच्च अदालतका कर्मचारीलाई लोकमान अख्तियारको क्वार्टरमा बस्छन् भन्ने थाहा थिएन रु उनको एक महिनाको बिदा स्वीकृत गर्ने सरकारलाई त यो थाहा हुनुपर्ने कुरा हो । यो नाटक किन त रु सबैको यो प्रश्न हो ।
मैले लोकमानसिंह कार्की दूधले धोएको जस्तो कन्चन छन् भन्न खोजेको होइन । होला, उनले पनि खानुपर्छ र परिवार पाल्नुपर्छ । कोही आफूलाई चोखो भन्छ इमानदारीपूर्वक भने त्यसले अवसर नपाएर नखाएको हुन सक्छ । नेपालमा माथिदेखि तलसम्म अर्थात् प्रधानमन्त्रीदेखि पियनसम्मले भ्रष्टाचार गर्छन् भन्ने कुरा संसारलाई थाहा छ । अझ राजनीतिक नेताहरू त पैसा भनेपछि मरिहत्ते गर्छन् भन्ने कुरा नेपालका केटाकेटीसम्मलाई थाहा छ ।
सुरुमा उनले अड्डा, अदालतका ससाना कर्मचारीलाई कारबाही गर्न थाले पनि अखबारहरूले लेख्न थाले, लोकमान सिंह ससाना, सोझा र भ्रष्टाचार नगरी जिउन नसक्नेहरूलाई मात्र कारबाही गर्छन्, ठूला माछालाई पक्रने उनको कुनै साहस र आँट नै छैन ।
लौ त भनेर सायद उनले ठूलाबडा भनाउँदा र खासगरी नेपालको राजनीतिलाई नै फोहोरी बनाउने नेताहरूका कर्तुतका फाइल पल्टाउन थाले । यसमा माओवादीको लडाकुबीच व्यवस्थापनमा भएको व्यापक भ्रष्टाचारको फाइल पल्टाइदिएपछि दलहरूमा भागदौड मच्चिएको हो । चोरको खुट्टा काट् भन्दा सबैले खुट्टा झिकेको नेपाली उखान अहिले चरितार्थ भएको छ । नेपालमा बहिरबाट आएका सहायताका प्रायः धेरैजसो रकम भ्रष्टाचार हुन्छ । अड्डा अदालतमा एकजना गरिबले न्याय खोज्न पनि पैसै निकाल्नुपर्छ । यो कुरा के सबैलाई थाहा छैन, ठूलाठूला आयोजनाहरूमा कति भ्रष्टाचार हुन्छ ?
हालै भूकम्पपछिको पुनर्निर्माणका कार्यक्रम हेर्ने हो भने पनि गाउँघरतिर जति प्रचार गरिए पनि घर बन्न सकेको छैन । धेरैजसो त्रिपालभित्रै जाडोमा गुडुल्किएर सुत्छन् । यसमा कति भ्रष्टाचारका कथा सञ्चारमाध्यमले बाहिर ल्याएका पनि छन् । त्यसैले यसमा कसलाई र कतिलाई कारबाही गर्ने भन्ने पनि हुन सक्छ । नेपालले बाहिर संसारको भ्रष्टाचार हुने देशमा आफूलाई अग्रपंक्तिमा राखेको छ । भनिन्छ( नेपालमा सबैभन्दा ठूलो उद्योग, व्यापार नै भ्रष्टाचार हो ।
लोकमानसिंह कार्कीको समाचार सञ्चारमाध्यममा कसरी छायो भने हाम्रो समस्या भनेको नै लोकमान हो जस्तो १ कतिपय सञ्चारमाध्यमले त प्रथम पृष्ठ पूरै लोकमान ग्रन्थले भरिएको थियो । भित्री पानामा पनि हरेक पात्रमा लोकमानबाहेक खासै समाचार पढ्न पाइएन ।
कतिलाई कारबाही गर्ने रु बरु यस्तो एउटा प्रणाली बनाउनुपर्यो, जसबाट भ्रष्टाचार नै गर्न नपरोस् । हाम्रो देशमा सबैभन्दा विडम्बना सरकारभित्रै छ, त्यहाँका नियम र कानुनभित्र छन्, जसले कर्मचारीलाई घूस खाने बाटो देखाइदिन्छन् । यसलाई कसरी निवारण गर्ने भन्ने विषयमा संसद् नै अघि सर्नुपर्छ । पहिले सांसदहरूबाट हुने भ्रष्टाचार र गैरकानुनी रूपमा हुने कार्यलाई नै समाप्त पार्नु उचित हुन्छ ।
यसबाट अर्को लोकमान जन्मिन नसकोस् १ नेपालमा सामाजिक संस्था अर्थात् एनजीओरआईएनजीओ नै बढी भ्रष्टाचार गर्छन् । बाहिरबाट आएको विदेशी अनुदान खप्लक्कै खाइदिन्छन् । तर उनीहरू आरामसँग टाइ लगाएर कारमा हिँड्छन् । नेपालका गरिबलाई आएको सहायताको रकम उनीहरूकै पकेटमा जान्छ, नेपालमा त उनका नक्कली बिल र भर्पाइ मात्रै हुन्छ । कसले हेर्ने यो समस्या रु
नेपाल सरकारले ७० वर्षमाथिका वृद्धवृद्धालाई सामाजिक भत्ताका रूपमा पहिले मासिक एक हजार र पछि ओली सरकारको पालामा दुई हजार गरेपछि अलिकति सहयोग पुगेको थियो । त्यसबाट उनीहरू चाडपर्वमा आफ्ना छोरी(ज्वाइँ, नाति(नातिनालाई दक्षिणा र मिठाई किन्न पुग्थ्यो । तर सरकारको लापरबाहीले गर्दा गएको दसैँमा धेरै बूढाबूढी हिस्स हुनुपर्यो । जतिपटक वडा कार्यालय पुग्यो, खोइ पैसा आएकै छैन भन्ने उत्तर सुनेर फर्किनुपथ्र्यो । दसैँ उनीहरूको राम्रो भएन ।
तर उता दसैँअगावै सत्तामा रहेका राजनीतिक दलका कार्यकर्तालाई भने सरकारले करोडौं रुपैयाँ बाँड्यो, सरकारी खल्तीबाट १ अब तपाईं आफैं अनुमान गर्नोस् । आफ्नै सेवक मात्र हुन् यिनीहरू १ बूढा(बूढीको के चिन्ता १ आफ्नाले खान पाए पुग्यो । हामी कुन युगमा छौं रु हामी कुन सभ्यतामा छौं ?
अब सञ्चारमाध्यमको कुरा गरौं । नेपाली सञ्चारमाध्यम पनि बलेकै आगो ताप्छन् । लोकमानसिंह कार्कीको समाचार सञ्चारमाध्यममा कसरी छायो भने हाम्रो समस्या भनेको नै लोकमान हो जस्तो १ कतिपय सञ्चारमाध्यमले त प्रथम पृष्ठ पूरै लोकमान ग्रन्थले भरिएको थियो । भित्री पानामा पनि हरेक पात्रमा लोकमानबाहेक खासै समाचार पढ्न पाइएन ।
निश्चित हो( लोकमान काण्ड, सञ्चारमाध्यमका लागि सबैभन्दा ठूलो राष्ट्रिय मुद्दा हो । त्यसो भनेर सम्पूर्ण अखबार नै लोकमानविरुद्ध देखियो । यसमा सञ्चारमाध्यमको उद्देश्य के हो, हामी जस्ता सामान्य पाठकले बुझ्न सकेनौं । पत्रकारिताको कुन सिद्धान्तले यसमा काम गरेको छ ? समाजका जल्दाबल्दा समस्या छोडेर एउटै मुद्दामा केन्द्रित हुँदा पाठकहरू ठगिन्छन् । अन्नपुर्ण बाट
प्रतिक्रिया