नायक आर्यन सिग्देल फेरि अर्को एक एक्सन चलचित्रमा देखिने भएका छन् । बसन्त निरौलाले निर्देशन गर्न लागेको चलचित्र ‘आवेग’मा आर्यन मुख्य भूमिकामा काम गर्दैछन् । उनको साथमा आइटम गर्ल अर्चना डेलाल मुख्य नायिकाको रुपमा देखिनेछिन् । साउन १५ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको आज भैसेपाटीमा रहेको कार्यविनायक मन्दिरमा पुजा गरिएको छ ।
यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा पवित्रा आचार्य, धु्रव दत्त, रमेश वुढाथोकीको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको प्रस्तुतकर्ता सूर्य कार्की हुन् । चलचित्रको छायांकन एक आइटम गीतबाट सुरु गरिने निर्देशक निरौलाले जानकारी दिए । चलचित्रको उक्त गीतमा अर्चनाले फेरि आफ्नो जवानी देखाउनेछिन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
चलचित्रमा धन सिंह केसी र राजेन्द्र घिमिरेको लगानी छ । चलचित्रमा अष्ट महर्जनको एक्सन छ ।
प्रतिक्रिया