यी युवतीले दिनहुँ दाह्री खौरिन्छिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७३, शुक्रबार १३:४०

प्रायः पुरुषहरुले आफ्नो अनुहार सफाचट बनाउनका लागि नियमित रुपमा दाह्री खौरिन्छन् ।shaving-lady

के तपाइँले कुनै महिलाले नियमित रुपमा दाह्री खौरिएको देख्नुभएको छ रु यो कुनै हँसिमजाक होइन । एकजना युवतीले नियमित रुपमा आफ्नो दाह्री खौरिने गरेकी छिन् । दाह्री नखौरिएसम्म उनी घर बाहिर निस्किँदैनिन् ।

पेशाले ब्यूटी एक्सपर्ट रहेकी ३२ वर्षीया हुड्डा क्याटनका लागि दिनहुँ नुहाउनु जति महत्वपूर्ण छ उत्ति नै दाह्री खौरिनु पनि । उनले दिनहुँ पुरुषले प्रयोग गर्ने रेजरले पुरुषको दाह्रीजुँगा पलाउने चिउडो लगायतका अनुहारको भाग खौरिन्छिन् । उनले यसरी दाह्री खौरिनुको रोचक कारण छ ।

दुबइमा बस्दै आएकी केटनका अनुसार खौरिएपछि अनुहारको छाला चम्किलो बन्दछ । उनका अनुसार हरेक दिन रेजरले शेभिंग गर्नाले अनुहार प्राकृतिक रुपमा सुन्दर बन्दछ । चम्किलो अनुहार चाहने युवतीहरुलाई उनी नियमित रुपमा दाह्री खौरिने सल्लाह दिन्छिन् ।

अनलाइन सेलिब्रेटी समेत रहेकी केटनका सोसल मिडियामा १ करोड २९ लाख भन्दा धेरै फलोअर्स छन् । महिलामा नपलाएको दाह्री खौरिनाले उल्टै मोटो तथा कालो र बाक्लो दाह्री जुँगा पलाउँछ भन्ने धारणा गलत रहेको उनको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१