अन्नबाली कमै मात्र उब्जाउ हुने भिराला पखेराबाट दैनिक गुजारा समेत चलाउन नसकिरहेका किसानलाई अहिले उक्त पखेरा नै बरदान सावित भएको छ । त्यस्ता पाखाहरुमा महँगा ट्राउट माछा उत्पादन हुन थाले पछि नुवाकोट, रसुवा, दोलखा, सिन्धुपाल्चोकलगायत ११ जिल्लाका किसानको आय लोभलाग्दो गरी उकासिएको छ । अहिले ट्राउट माछा मुलुककै लागि आशा लाग्दा मध्येको एक व्यवसाय बनेको छ ।
भौगोलिक बनावटका कारण नेपाल रेन्बो ट्राउट माछाका लागि बढी सम्भावन भएको मुलुक हो । उच्च सम्भावना कै कारण नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले त्रिशुलीमा मत्स्यअनुसन्धान केन्द्रस्थापना गरी ट्राउट माछाको अनुसन्धान गरेको थियो । अनुसन्धानले सफलता पाए पछि मत्य अनुसन्धान केन्द्रले प्राविधिक सहयोग सहित माछाको भुरा निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो । चिसो र बहाव भएको पानीमा पाल्न सकिने ट्राउटलाई मत्य अनुसन्धान केन्द्रको सवैभन्दा सफल माछा भनिन्छ । आर्थिक वर्ष २०६३÷०६४को बजेटमा सरकारले अघि सारेको ‘एक गाउँ एक उत्पादन’ नारामा नुवाकोट तथा रसुवा जिल्ला ट्राउट माछा पालनका लागि प्राथमिकतामा परेको थियो । नेपालमा पालिने बयस्क ट्राउट माछाको शरीरमा इन्द्रेणीको रङ देखिने भएका कारण यसलाई रेन्बो ट्राउट भनिन्छ ।
नुवाकोटबाट शुरु भएको ट्राउट माछा पानल अहिले नुवाकोटका साथै रसुवा, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, ललितपुर, मुस्ताङ, काभ्रेपलाञ्चोक, पर्वत, धादिङल, कास्की जिल्लामा व्यावसायिक रुपमा पाल्न थालिएको मत्स्य अनुसन्धान महाशाखा गोदावरीले जानकारी दिएको छ । हाल नेपालका ७४ ओटा फार्मले व्यावसायिक रुपमा ट्राउट माछा पालन गर्दैै आएका छन् । गत आवमा यी फार्महरुबाट ७५ मेट्रिक टन खान योग्य माछा र निजी स्तरका १२ ओटा ह्याचरीबाट ६ लाख ५० हजार भुरा उत्पादन भएको थियो । नेपालमा अहिले करीब ४ सय टन ट्राउट माछाको माग छ । यो वर्ष भने उत्पादन बढेका कारण १ सय टन पुग्ने अनुमान रहेको हिमालयन रेन्बो ट्राउट एशोसियशनका उपाध्यक्ष महेन्द्रप्रसाद घोरासैनीले बताए । घोरासैनी मानसरोवर हिमालय रेन्बो ट्राउटका प्रवन्ध निर्देशकसमेत हुन् । सिन्धुपाल्चोक स्थित मानसरोवर हिमालय रेन्बो ट्राउट नेपालका ठूला फार्म मध्येको एक हो । उक्त फार्मले वार्षिक ८ टन ट्राउट माछा उत्पादन गर्छ ।
नेपालमा करीब ४ सय टन ट्राउट माछाको माग छ । तर, उत्पादन भने भर्खरै वार्षिक १ सय मेट्रिक टन मात्र हुन थालेको छ । आव २०६७÷०६८ मा नुवाकोटबाट मात्र करीब ७ करोड ५० लाख रुपैयाँ बराबरको ट्राउट माछा उत्पादन भएको थियो । नुवाकोटमा हालसम्म ट्राउट माछा पालनका लागि १० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष शरणउत्सुक सापकोटाले जानकारी दिए । पछिल्लो समय अन्य पहाडी जिल्लाका किसानहरु पनि ट्राउट माछा पालनतर्फ आकर्षित भएका छन् ।
ट्रउट हाइवे
ट्राउट माछाको उत्पादनसँगै पासाङ ल्हामु राजमार्ग छेउका किसानहरुले आय आर्जनको अर्को विकल्प पनि पाएका छन् । ट्राउट फार्म र त्यसमा आधारित रेष्टुराँ बढ्न थालेपछि पासाङल्हामु राजमार्गलाई अहिले ‘ट्राउट हाइवे’ समेत भन्न थालिएको छ । ट्राउटका लागि परिचय बनाउँदै गएको यस क्षेत्रमा अहिले ट्राउट नाम जोडिएका थुपै्र होटल तथा रेष्टुराँहरु देख्न सकिन्छ । अन्य माछाको जस्तो स–साना काँडा नहुने ट्राउटको स्वाद चाख्न शार्वजनिक विदा तथा पर्वहरुमा काठमाडौंबाट धाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । आफैंले छानेको ताजा माछा पोखरीको छेवैमा बसेर खान पाइने भएका कारण पनि माछाका पारखीको चहल पहल बक्लिँदै गएको हो । पोखरीमै किन्दा ट्राउट माछाको प्रतिकेजी ७ सय रुपैयाँ पर्छ । तर, बाहिर भने स्थानअनुसार मूल्य केही फरक पर्छ ।
ट्राउटको शुरुआत
ट्राउट बहाव भएको चिसो पानीमा हुने माछा हो । यसको उत्पत्ति उत्तरी अमेरिकाको मिसिमिमी र मिजौरी नदिका डेल्टाहरुबाट भएको मानिन्छ । यो माछा सन् १८७७ मा जापान भित्रिएको थियो । अहिले पनि जापानमा यो सफा पानीमा पालिने माछाको तेस्रो नम्बरमा पर्छ । चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको छ । यसमा अन्य प्रजातीका माछामा जस्तो ससाना काँडा हुँदैन । ट्राउट माछा मांसहारी भएका कारण यसलाई बढी प्रोटीनयुक्त खाना चाहिन्छ ।
नेपालमा रेन्बो ट्राउटको विकास सन् १९८८ मा भएको हो । त्यसबेला जापानबाट ५० हजार भ्रुण अण्डा नेपाल ल्याएर यसको शुरुवात गरिएको थियो । उक्त भ्रुण अण्डा गोदावरीमा मत्स्य अनुसन्धान महाशाखा र त्रिशुलीमा मत्स्य अनुसन्धान केन्द्र स्थापना गरी उत्पादन शुरु गरिएको हो । तर, यसको व्यावसायिक शुरुआत भने सन् १९९७ मा दाना उत्पादन हुन थालेपछि मात्र शुरु भएको थियो । त्यसै बेलादेखि मत्स्य अनुसन्धान केन्द्र त्रिशुली र मत्स्य अनुसन्धान शाखा गोदावरीले किसानलाई भुरा उपलब्ध गराउँदै आएको छ । सरकारी स्तरको मत्य अनुसन्धान केन्द्र त्रिशुली र मत्य अनुसन्धान माहाशाखा गोदावरीका साथै नुवाकोटमा ६, सिन्धुपाल्चोकमा ३, दोलखामा २ र रसुवामा २ गरी निजी स्तरका १३ ओटा ह्याचरीबाट रेन्बो ट्राउटको भुरा उत्पादन हुँदै आएको छ ।
सम्भावना
नेपालको भौगोलिक बनावटका कारण यहाँ ट्राउट माछा पालनको ठूलो सम्भावना छ । ट्राउट माछा शुन्यदेखि २५ डिग्रि सेण्टीग्रेट तापक्रममा बाँच्न सक्छ । तर, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्रि सेण्टिगेट तापक्रम उपयुक्त हुन्छ । यसका लागि नेपालका मध्य र उच्च पहाडी क्षेत्रको सफा चिसो र अक्सिजनको उचित मात्रा भएको पानी उपयुक्त छ । चिसो पानीको बहाव हुने नेपालका १५ उच्च पहाडी र ४० मध्य पहाडी जिल्ला ट्राउट माछा पालनका लागि उपयुक्त रहेको मत्स्य अनुसन्धान महाशाखा गोदावरीले जानकारी दिएको छ । नेपालमा २ हजार ३ सय ५२ ओटा हिमनदि र २ हजार ३ सय २३ ओटा हिमताल छन् । यसले पनि रेन्बो ट्राउटको व्यावसायिक उत्पादनको सम्भावना अझै बढाएको छ ।
चुनौती
ट्राउट माछाको उत्पादन लागत अन्य प्रजातीको माछाको तुलनामा निकै बढी पर्छ । मांसहारी प्रजातिको यो माछाको दानामा प्रोटिनको मात्रा ३५ देखी ४५ प्रतिशतसम्म हुनुपर्छ । यसको आहारको प्रमुख स्रोत झिङ्गे माछा हो । दाना उत्पादनमा प्रयोग हुने प्रमुख कच्चा पदार्थ झिङ्गे माछा भारतबाट आयात हुन्छ । महँगो दानाका कारण पनि रेन्बो ट्राउटको उत्पादन लागत कमन कार्प, सिल्भर कार्प, विगहेड जस्ता माछाको तुलनामा बढी पर्छ । यसकारण यो अन्य माछाको तुलनामा महँगो छ । महँगो भएकै कारण आम नेपालीले यसको प्रयोग गर्न सकेका छैनन् । सामान्यतया रेन्बो ट्राउट २ सयदेखि ३ सय ग्रामको भएपछि विक्रीका लागि योग्य मानिन्छ ।रेन्वो ट्राउटसँगै रेष्टुराँ सञ्चालन
रेन्वो ट्राउट उत्पादन गर्नेहरू रेष्टुराँ सञ्चालनतर्फ पनि आकर्षित भएका छन् । यस्ता रेष्टुराँबाट आफ्ना उत्पादनको विक्री तथा व्यापार गर्न सजिलो भएकाले रेष्टुराँ व्यवसायतर्फ आकर्षित भएको नुवाकोटस्थित रिक्रियशन सेण्टर रेन्वो ट्राउटका सञ्चालक ओम रायमाझीले बताए । रेष्टुराँमा ग्राहकहरुले ट्राउट माछासँगै फापर, कोदोको ढिंडो, स्थानीय स्तरमा उत्पादन हुने मदिराजन्य वस्तु पाउन सक्छन् । यस्ता रेष्टुराँमा वार्षिक १ टन देखि ६ टनसम्म ट्राउट माछा खपत हुने गर्छ ।
नुवाकोटको लामा रिर्सोटले वार्षिक ३ टन माछा खपत गर्छ । यसले औखरपौवा रेन्वो ट्राउटमा उत्पादन हुने माछालाई विक्री गर्न रेष्टुराँ सञ्चालन गरेको लासा रिर्सोट तथा औखरपौवा रेन्वो ट्राउटका सञ्चालक सुनिल लामा बताउँछन् । औखरपौवा रेन्वो ट्राउटले वार्षिक २ टन माछा उत्पादन गर्दै आएको छ । रेष्टुराँ सञ्चालकहरुले ग्राहकको माग बढी हुँदा अन्य कम्पनीको ट्राउट माछा किनेर विक्री गर्ने गरेको शिरुपाते ट्राउट माछा प्रालिका सञ्चालक भाष्कर आचार्यले जानकारी दिए । शिरुपातले वार्षिक ६ टन ट्राउट माछा विक्री गर्दै आएको छ ।
प्रायः रेष्टुराँहरुले ट्राउट माछालाई प्रतिकिलो १ हजार १ सय देखि १ हजार ४ सय रुपैयाँसम्ममा विक्री गर्छन् । यी रेष्टुराँबाट ट्राउट माछा किलोको आधारमा विक्री गरिन्छ । ट्राउटको परिकार अनुसार मुल्यमा भने फरक पर्छ । धेरैजसो रेष्टुराँले फ्राई, ग्रेभी परिकार बनाउने गर्छन् । स्वास्थ्यका दृष्टिले समेत रेन्वो ट्राउट राम्रो भएकाले ग्राहकहरू आकर्षित भएको रेष्टुराँ व्यवसायीहरू बताउँछन् । रेन्वो ट्राउट सेतो हुने भएकाले रातो माछा–मासु खान नहुनेलाई समेत उपर्यक्त भएको लामा बताउँछन् । यी माछामा कोलेष्ट्रोलको मात्रा कम र प्रोट्रिन बढी हुन्छ । त्यस्तै, मुटु रोगी लगायतका विभिन्न विरामीले समते खान सक्छन् ।

प्रतिक्रिया