युद्धबाट नभाग्न लडाकुलाई आइएस प्रमुख बग्दादीको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७३, शुक्रबार ११:२९

काठमाडौं  । अतिवादी समूह आइएसका प्रमुख अबु बकर अल बग्दादीले इराकी सेनाविरुद्धको लडाइँलाई सशक्त पार्न आग्रह गरेका छन् । अमेरिकी सहयोगको इराकी फौज आइएसको गढ मसुलमा पुगेकै वेला बग्दादीले कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् । बग्दादीले बुधबार एउट अडियो टेपमार्फत लडाकुलाई आत्मसम्मानका साथ युद्ध गर्न आग्रह गरेका छन् । ‘लज्जास्पद भएर युद्धबाट पछि हट्नुभन्दा सम्मानका साथ शत्रुसँग लड्नु हजारगुणा राम्रो हो,’ उनले भनेका छन् । %e0%a4%85%e0%a4%ac%e0%a5%81-%e0%a4%ac%e0%a4%95%e0%a4%b0-%e0%a4%85%e0%a4%b2-%e0%a4%ac%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a4%be%e0%a4%a6%e0%a5%80लडाकुलाई कुनै हालतमा युद्धबाट नफर्किन पनि उनले आग्रह गरेका छन्, ‘महान् जिहादले मात्र अल्लाहको सपना पूरा हुनेछ ।’ उनले मसुलका जनतालाई पनि ‘अल्लाहको शत्रु’विरुद्ध लड्न आग्रह गरेका छन् । मसुलबाट आइएसलाई खेद्न इराकी फौजले १७ अक्टोबरदेखि इराकमा विशेष कारबाही सुरु गरेको छ । प्रतिआतंकवादी फौजले मसुलमा केही सफलता प्राप्त गरेको छ । इराकी फौजलाई तालिम प्राप्त अमेरिकी सेनाले सहयोग गरेको छ । मसुलमा इराकी सेनाले आइएसविरुद्ध धावा बोलेको भन्दै त्यसको प्रतिकार गर्न पनि नेता बग्दादीले आग्रह गरेका छन् । आइएसविरोधी मुलुकलाई आत्मघाती हमला गरी उनीहरूको भूमिमा उथलपुथल गर्न र रगतको खोलो बगाउन उनले अनुरोध गरेका छन् । सुरक्षाफौजको आक्रमणमा एक सातामा नौ सयभन्दा बढी आइएस लडाकु मारिएका छन् । लडाकुले सयौँ मानिसलाई मानवढाल बनाउँदा मसुलमा तीन सय सर्वसाधारणको मृत्यु भएको छ । सयौँ मानिस अपहरणमा परेका छन् । सुरक्षाफौजले आइएस आशंकामा सयौँ सर्वसाधारणलाई कुटेको, करेन्ट लगाएर यातना दिएको र कारमा बाँधेर सडकमा लतारेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । आइएस प्रमुख बग्दादी मसुलमा नै रहेको अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यले गरेका छन् । नेता बग्दादीले एक वर्षपछि अडियो टेप सन्देश सार्वजनिक गरेका हुन् । यसअघि उनी मारिएको हल्ला फैलिएको थियो ।नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१