अघोषित कर्फ्यू लागु गर्दै भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका कारण जनताले दु:ख पाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७३, बिहीबार १५:५१

%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3कर्ण बहादुर अधिकारी मकाउ,चीन। भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको समयमा नेपालमा जे देखियो जस्तो सुनियो त्यसका आधारमा कलम नचलाई बस्नै सकिन।सामाजिक संजालहरूमा जनताले असन्तुष्टि पोखि रहदा कता कता भारतीय राष्ट्रपतिको १८ बर्ष पश्चातको नेपाल भ्रमणले कुटनिति तवरमा केहि सुधार देखिए पनि नेपाली जनताको भावनामा भने सुधार देखिएन।चीनको राष्ट्रपतिले नेपाल भ्रमण गर्ने कुरा केपी सरकारको पालामा खुबै चर्चाको रूपमा चले पनि नेपालमा सरकार परिवर्तन संगै चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्ध हुनु र प्रचण्ड सरकारको पालामा भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुनु कुटनैतिक पक्षबाट अर्थपूर्ण तवरले हेरीएको छ।सम्पूर्ण बिश्व समुदायले यो दृष्यलाई नियाली रहेका छन। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको समयमा नेपालमा एक किसिमको अघोषित कर्फ्यू नै जारी गरेको झै देखियो।बिमान स्थल देखि सितल निवास हुँदै भारतीय दुताबास सम्मको दृष्यलाई देख्दा मन नै अमिलो भएर आयो त्यस्तो सम्मानित ब्यक्तिको नेपाल भ्रमण हुँदा यस्तो अबस्था सृजना गर्नु पक्कै पनि राम्रो थिएन।नेपाली नागरीकलाई सडकमा हिडडुल गर्न देखि लिएर सवारी साधन सन्चालनमा समेत रोक लगाईएको थियो।सुरक्षाको दृष्ट्रिकोणले एकदमै कडा गरीएको देखियो। बिरामी भएका नेपाली नागरीकहरू काठमाण्डौमा रगत नपाएर छटपटाई रहेको देखि लिएर एयरपोर्ट हिडेका नागरीकहरूको दुखेसो सुन्दा लाग्थ्यो भारतीय राष्ट्रपति नेपाल आएको भन्दा नआएकै बेश किनकी जनताले नराम्रोसंग दुख पाए।नेपालको राजनिति माहौलमा हस्तक्षेप गर्न रूचाउने भारत नेपालको हरेक कुराहरूमा बाधा अड्चन सृजना गर्दै आई रहेको छ राजा बिरेन्द्रको पालामा शान्ति क्षेत्र देश घोषणा गर्नका लागि भारतलाई समर्थन जुटाउनु पर्यो भन्दा भारतले समर्थन जनाएन।उल्टो नेपाल माथि नै अशान्तिका कालो बादलहरूको चदुवा टागि रहे।राजा बिरेन्द्रले भारतको कुरामा समर्थन नगरेकै कारण २०५८ सालमा राजदरबार हत्याकाण्ड गराईयो।कमरेड मदन भण्डारी र जीवराज आश्रितलाई त्रिशूलीमा फाली दिए।यस्ता थुप्रै उदाहरण छन हामी सामु तर हामीहरू हाम्रै देशका लाचारी,मतिभ्रष्ट नेताहरूका कारण मौन छौ। नेपालमा २०७२ सालमा संबिधान जारी हुँदा अन्तराष्ट्रिय समुदायले समर्थन गरी रहदा भारतले भने संशोधन गर भनि रह्यो । त्यहि संबिधानलाई नै मुख्य कारक तत्व बनाई अघोषित रूपमा नाकाबन्दी गर्यो।भुपरिबेष्टित राष्ट्को पारबहन सन्धिलाई लत्याई दिए।२०७२ सालको तिहारमा नेपाली जनताले दुखै दुखमा दीपावली मनाए।नेपाली जनताको भावनामा एक दमै गहिरो चोट लाग्यो ।भारतद्वारा नेपालको सिमाना मिचिएको छ।सिमानाका जनता माथि कुटपिट देखि हत्या सम्म गर्ने गरीएको छ।सुस्ता,लिपुलेक,कालापानी माथि धावा बोलि रहेका छन।नेपालको राष्ट्रियता,सार्वभौमिकता,अखण्डता माथि आफ्नो बर्चस्व कायम गर्न खोज्दै छन।अरू कुरा त छोडौ त्यहि नेपालमा रहेको भारतीय दुताबासका राजदुतले नेपाल माथि गर्ने ब्यबहारलाई अवलोकन गरौ न।नेपालमा अरू देशका पनि कुटनितिक नियोगहरू छन तर अरू देशका राजदुतहरू खासै चर्चामा आउँदैनन भने भारतीय दुताबासको चुरीफुरी चाँहि किन बढि?यसबाट पनि प्रष्ट छ भारत नेपाल माथि हैकमबाद कायम गर्न चाहन्छ तर नेपाली जनतालाई त्यो कुरा सैह्य हुदैन। भारतले नेपाल प्रति गरेको ब्यबहारलाई नेपाली जनताले कसरी हेरेको छ भन्ने बारे त प्रष्ट नै छ तर हामीहरूले नै बनाएका नेता जी हरू भने भारतकै शरणमा लम्पसार पर्नुलाई तपाईहरू के भन्नु हुन्छ?कहाँ छ राष्ट्रियता?कहाँ छ सार्बभौम सम्पन्ता? नेताहरूले सबै पोलेर खाई सके।भारतद्वारा चेपिएर हेपिएर बस्नु के नेपाली को बाध्यता हो वा नेताहरूको लाचारी पन?दिन दिनै सिमाना अतिक्रमण हुँदा किन मौन ?भारतीय राष्ट्र पति नेपाल भ्रमण गर्दा नेपाली जनता प्रति नै सरकारले बिश्वास गर्न नसक्दा जनताले दु:ख झेल्नु पर्यो।यसरी बिश्वास नै नलिने नगर्ने हो भने किन गर्नु पर्यो भ्रमण।अझै सरकारले लाचार बनेर एक दिन सार्बजनिक बिदा पनि दिए।शायद कुनै पनि देशमा यस्तो यस्तो माहौल देखिदैन थियो।भारतलाई आखिर डर को संग रहेछ त?पाकिस्तानी ,नेपाली वा स्लामिक स्टेट ? भ्रमण संगै दुई वटै बुलेट प्रुफ गाडी पनि उतै को रे आखिर किन ?यो एउटा लज्जा स्पद कुरा हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१