अनुगमन नहुँदा गुणस्तरहीन सामग्री प्रयोग गर्न बाध्य सर्वसाधारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७३, बिहीबार ०७:४५

जाजरकोट, १८ कात्तिक । यहाँका स्थानीय बजारमा पाइने ८० प्रतिशतभन्दा बढी वस्तुको म्याद गुर्जेको पाइएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिल्यै पनि नहुने भएकाले व्यापारीले म्याद गुर्जेका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो ।

जाजरकोट तथा रुकुमका स्थानीय बजारमा खुलेआम यस्ता म्याद गुर्जेका सामग्री बिक्री गर्ने गरेको भए पनि नियामक निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । जिल्लाका कालीमटी, चौखा, रिम्ना, थलहबजार, घाट, छेडा, मोर्क, तल्लु र रुकुमको आठविसकोट राडीलगायतका दर्जनौँ ठाउँमा यस्तो समस्या देखिएको छ ।

यही बाटो भएर डोल्पा जाने सामग्री पनि अधिकांश म्याद गुज्रेको पाइएको डोल्पाका रामचन्द्र न्यौपानेले बताउनुभयो । ग्रामीण क्षेत्रका किसान पसलबाट खरिद गरी लिने सामग्रीको म्याद नहेर्ने भएकाले पनि व्यापारीलाई ठग्न सजिलो भएको छ ।

बिस्कुट, विभिन्न पिय पदार्थ, चाउचाउ, खानेतेललगायतका वस्तु बढी म्याद गुर्जेको पाइएको छ । स्थानीय प्रशासनले भने टाढा भएको भन्दै अनुगमनमा आलटाल गर्दै आएको छ । केही औषधि पसलमा समेत औषधिको म्याद गएको फेला परेको छ ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले तिहारपछि अनुगमनलाई तीव्रता दिइने बताउनुभयो । वर्षौंदेखि ग्रामीण क्षेत्रमा दर्ता नै नभएका पसलमा म्याद गुर्जेका वस्तुको बिक्री वितरण हुँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१