दिकेश मलहोत्रा
अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, आईएमएस मोटर्स
मोबाइल व्यवसायमा राम्रो पहिचान कायम गरेको इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आईएमएस) अटोमोबाइल व्यवसायमा समेत प्रवेश गरेको छ । नेपालमा सामसुङ ब्रान्डमा मोबाइलको आधिकारिक बितरकको रुपमा रहेको आईएमएस ग्रुप आईएमएस मोटर्समार्फत यो व्यवसायमा प्रवेश गरेको हो । आईएमएस मोटर्सले कारियन अटोमोबाइल कम्पनी साङयोङका गाडीको बिक्री–वितरण थालेको छ । यसै सन्दर्भमा आईएमएस मोटर्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रासँग गरिएको कुराकानी :
तपाईँहरु मोबाइल व्यापारमा राम्रो पहिचान कायम गर्नुभएको थियो । यो अवस्थामा एकै पटक अटोमोबाइल व्यवसायमा प्रवेश गर्ने विचार कसरी आयो ?
हामीले नेपालमा सामसुङ मोबाइलको राम्रो व्यवसाय गरिरहेका थियौ । एक प्रकारले नेपालको मोबाइल बजारमा सामसुङले उत्कृष्टताको पहिचान कायम गरेको छ । अब अर्को नयाँ र बिशिष्ट खाले व्यवसाय गर्नुपर्छ भन्ने मान्यतामा हामी थियौ । त्यसका लागि अटोमोबाइल व्यवसाय एउटा सम्भावित बिकल्प थियो । हामी यसका लागि आवश्यक अनुसन्धान गरिरहेका थियौ । यो क्षेत्र नै नेपालमा अर्को एउटा राम्रो भविष्य भएको व्यवसाय भएकाले यसमा लाग्ने विचार गरेका हौं ।
हाम्रो व्यवसायलाई विविधता दिनुपर्छ भन्ने लाग्यो । हाम्रो लामो समयको व्यापारिक अनुभवलाई समेत सदुपयोग गर्ने गरी सम्भावित बिकल्पको खोजीमा लाग्दा हामीलाई अटोमोबाइल व्यवसाय नै उपयुक्त लाग्यो र यो व्यवसायमा लाग्यौ ।
यो अवस्थामा साङयोङ ब्रान्ड नै किन रोज्नुभयो ? सामसुङ र साङयोङ दुवै कोरियन ब्रान्ड भएर हो कि ?
होइन, यो त एउटा संयोग मात्रै हो । नेपालमा कुन ब्रान्डको गाडीको व्यापारको सम्भावना छ भनी अध्ययन गर्दा हामीले यो ब्रान्डको सम्भाव्यता देख्यौ । साङयोङ ब्रान्डका गाडी पहिले पनि नेपाली बजारमा उपलब्ध थिए । तर यसको बजार विस्तार आक्रामक रुपमा भएको थिएन । ग्राहक केन्द्रीत भएर विभिन्न प्रबद्र्धनात्मक कार्यक्रम गर्नुपर्नेमा त्यसो हुन सकेको थिएन जस्तो लाग्यो । अन्तर्राष्ट्रिय रुपमै प्रतिष्ठित ब्रान्ड भएको र यो ब्रान्डका गाडी पनि निकै नै गुणस्तरीय भएकाले नेपालमा यसको बजार विस्तारको सम्भावना छ भन्ने लाग्यो । पहिले नेपालमा यसका लागि आवश्यक सर्भिसिङ र डिलर नेटवर्क विस्तार नभएको तथा ब्रान्डका बारेमा समेत धेरै सम्भावित ग्राहकलाई जानकारी नभएकाले पनि यो ब्रान्डका गाडी धेरैले रुचाउने अनुमान ग¥यौ र यसको आधिकारिक बितरकको रुपमा कार्य गर्ने निर्णय गरेका हौं ।
बजार विस्तार र ग्राहक सचेतनाका लागि के गर्ने योजना बनाउनु भएको छ त ?
हामी सर्भिस र पार्ट्स तथा डिलर नेटवर्क विस्तारलाई प्राथमिकता दिनेछौ । अहिले नै काठमाडौंका २ स्थानमा र पोखरा, नारायणघाट र बुटवलमा साङयोङको डिलर स्थापना भइसकेका छन् । सर्भिसिङ र पार्ट्सका लागि ग्राहकले कुनै गुनासो गर्नु नपर्ने व्यवस्थाका साथ कार्य गरेका छौ । हामीले ‘स्याटर्डे ड्राइभ एन्ड डाइन’ भनेर काठमाडौंका विभिन्न स्थानमा शनिवारका दिन साङयोङका गाडीहरु प्रदर्शन ग¥यौ । प्रदर्शनी स्थलमा ग्राहकलाई रेष्टुराँको बिलमा विभिन्न प्रकारको छुटको व्यवस्था ग¥यौ । यी स्थानमा सबैले टेष्ट ड्राइभ गर्न र गाडीको बारेमा जानकारी लिन सकिने व्यवस्था थियो । हामीले सुरुमा गाडी किन्नेहरुका लागि पनि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेका छौं ।
आईएमएस मोटर्सले साङयोङको गाडी खरिद गर्ने पहिलो १४ विशेष ग्राहकहरुका लागि स्क्र्याच कुपन मार्पmत विशेष उपहारको योजना समेत राखेको थियो । उक्त योजना अन्तर्गत बजाज पल्सर एनएस २००, सामसुङ एस७ एड्ज, सामुसुङ टीभी ४० इन्च तथा वासिङ मेसिन आदि उपहार प्राप्त गर्न सकिने व्यवस्था थियो ।
प्राविधिक रुपमा साङयोङका गाडी कस्ता छन् ?
साङयोङका गाडी सबै एसयूभी (स्पोर्ट्स युटिलिटी भेइकल) हुन् । हाल साङयोङका टिभोली, कोरान्डो, रेक्सटन र एक्टन नामका लक्जरी कार तथा एसयूभीका मोडलहरु उपलब्ध छन् । हरेक मोडलमा एबीएस तथा इबीडी सिस्टम, अल्ट्रा हाई स्ट्रेन्थ् स्टिलबाट बनेको बडी फ्रेम लगायतका सुविधा छन् । टिभोलीको बढी बुटस्पेस, ड्युअल अटोमेटिक एसी, एक्टिभ एडब्लुडी, आकर्षक डे–टाइम रनिङ आदि लाइट सुविधा छन् । त्यस्तै कोरान्डोमा ब्लुटुथ कनेक्टिभिटी, सात जनाको सिटिङ स्पेस, प्रिमियम लेदर इन्टेरियर लगायतका सुविधा छन् । रेक्सटननमा आकर्षक एचआईडी हेड ल्याम्प, फ्रन्ट ड्युअल एयरब्याग आदि सुविधा छन् । एक्टन नयाँ स्पोर्ट डिजाइनमा आरामदायी इन्टेरियर र अझै उत्कृष्ट सुरक्षा दिने गरी निर्माण गरिएको छ ।
यी गाडी सबै बर्गका व्यक्तिले चढ्न त सक्दैनन् । कस्तो खालका ग्राहकहरु कम्पनीको रोजाइमा पर्छन् ?
साङयोङका गाडी अलि उच्च बर्गका लागि नै लक्ष्यित गरी निर्माण गरिएका छन् । सबैभन्दा सस्तो मोडलको रुपमा रहेको टिभोलीको मूल्य नै ५३ लाख ७५ हजार छ । त्यसैगरी सबैभन्दा महंगो रेक्सटनको मूल्य ९९ लाख ७५ हजार रुपैयाँ छ । सुरक्षामा कुनै सम्झौता नगरी निर्माण गरिएका र विश्वका १ सय ६ वटा देशमा निर्यात हुने साङयोङ गाडी चढ्नेहरुले आफूलाई पनि सुरक्षित र गौरवान्वित महसुस गर्न सक्छन् ।
यी गाडी त सहरमा भन्दा अफरोडका लागि उपयुक्त होलान् ?
अफरोडका लागि पनि विशेष रुपमा उपयुक्त छन् । तर सहरी क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ । सबै क्षेत्रका लागि उपयुक्त हुने गरी निर्माण गरिएकाले सबैले यी गाडी प्रयोग गर्न सक्छन् । साभार – nepalauto.com
प्रतिक्रिया