भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा किन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७३, शुक्रबार १०:५१

कर्ण बहादुर अधिकारी

14874966_1165375633543404_942653154_n मकाउ,चीन। नेपाल सार्वभौम सम्पन्न राष्ट्र हो तर नेपाल सरकारको लाचारी पन देख्दा नेपाल सार्वभौम सम्पन्न राष्ट्र नभई भारतको उपनिवेश हो भन्ने आभाष हुन्छ।मेरो हजुरबुबाको पाला देखि नै नेपाल भारतको गुलाम बन्दै आएका त्यस्ता थुप्रै प्रमाणहरू छन।हजुरबुबा बिति सक्नु भयो,बुबा ८० बर्षको छेउछाउमा हुनु हुन्छ अनि म ४० को छेउछाउमा छु भने मेरा छोरा छोरी १२/१५ बर्षको भई सके।हाम्रो पुस्ताले बिगत देखि बर्तमान सम्म त्यहि देख्दै छौ अनि त्यहि भोग्दै छौ।यी समयहरूले छलाङ मार्ने क्रममा समय परिवर्तन भए, पुस्ता परिवर्तन भए,व्यबस्था परिवर्तन भए,सरकार परिवर्तन भए तर हाम्रो देशको बागडोर सम्हाल्नेहरूको बुद्धि परिवर्तन भएको कतै सुन्न पाईएन।सधै भरी भारत रिसाउछकी भनी “भारत शरणम गच्छयामी” भन्दै भारतका अगाडी नतमस्तक बनि झुकि रहेको मात्र देख्दछु। यस्तै गुलामीको ज्वलन्त उदाहरण हामी सामु फेरी प्रकट भएको छ।भारतीय राष्ट्रपति नेपाल आउदा नेपाल सरकारले दिन लागेको सार्वजनिक बिदा।आखिर भारतीय राष्ट्रपति नेपाल आउँदा बिदा दिनु पर्ने के छ कारण ? यस्ता किसिमको निर्णय किन गरीयो?सुनेको थिए सुनेको छु नेपालको प्रमुख अर्को देशको भ्रमणमा जाँदा मात्र नेपाल सरकारले सार्बजनिक बिदा दिन्छ तर यहाँ त ठीक उल्टो हुँदै छ।के भारतीय राष्ट्रपति नेपाल कै हुन की के हो?के नेपाल सरकार संग देश प्रतिको राष्ट्रभाव छैन ? यस्ता बिबिध कुराको ज्ञान हुनु पर्ने होईन र ? यस्ता कुराहरूले बर्तमान सरकार प्रति नै प्रश्न बाचक चिन्ह खडा हुने गर्छ। हामीले छिमेकीलाई छिमेकी कै नजरले हेर्नु पर्छ।भारतले हाम्रो देश र सरकार प्रति दवाव सृजना गर्ने माहौल किन खडा गर्छ?नेपाल सार्वभौम सम्पन्न राष्ट्र भएको हुनाले देश भित्रका हरेक निर्णयहरूको निर्णय गर्ने अधिकार नेपाल आफैमा राख्दछ तर आज नेपालले सम्पूर्ण निर्णयहरू गर्दा भारतलाई नै सोध्नु पर्ने कारण किन?नेपालका हरेक सरकार परिवर्तनका खेलहरूमा भारत सामेल हुन्छ भने भारतकै चाहना बमोजिम नेपालका राजनिति दलका नेताहरू सरकार फेर्न तयार हुन्छन त्यसो हुनुमा दोषी को हो? भारतले कहिले पनि नेपालको भलो चाहदैन समय अनकुल केहि न केहि बितण्डा मच्चाई रहेको हुन्छ।कहिले सिमा अतिक्रमण त कहिले माओबादी द्वन्द नेपालमा कहिले पनि शान्ति र बिकास हुन दिएन भारतले सधै दमन मात्रै गरी रहयो यति हुँदा हुँदै पनि नेपाल किन भारतकै शरणमा छ त?छिमेकी मुलुक चीन पनि हो तर चीनबाट त्यस्तो ब्यबहार त कहिले पनि नेपाल माथि भएको छैन।एउटा नेपालको कर्मचारीको बिषयमा पनि भारत चल खेल गर्न चाहन्छ आखिर किन? लोकमान सिंह कार्की अख्तियार प्रमुख हुन यिनलाई अख्तियार प्रमुख बनाउन किन रोल खेल्यो भारतले र अहिले माहाअभियोग लगाउन खोज्दा किन नेपालका राजनिति दलहरू मौन ? बिना कारण भारतले नेपाल माथि लामो समय अघोषित नाका बन्दी लगायो।सधै भरी नेपाल र नेपालीलाई दुख मात्र दिई रहयो अब तपाईहरू नै भन्नु होस प्रणब मुखर्जी आउँदा किन सार्वजनिक बिदा?बिदा दिनुको कुनै अर्थ छैन यसले सरकारको नियत माथि नै प्रश्न बाचक चिन्ह खडा हुन्छ।अर्को कुरा भारतीय राष्ट्रपति संगै ४०० जना इण्डिय आर्मीका कमाण्डो पनि आउँदै छ रे ?के नेपाल आर्मी प्रति भारतलाई बिश्वास छैन?अझै सुनेको छु त्यस दिन सार्वजनिक यातायातलाई पनि निषेध गरीदै छ रे।मलाई लाग्छ सार्वजनिक बिदा शुरक्षाको दृष्ट्रिकोणले दियो की भन्ने लाग्दैछ किनकी भारतले नेपालको शुरक्षा ब्यबस्था प्रति बिश्वास गर्न सकेन।यदि बिश्वास नै नहुने हो भने राजकीय भ्रमण गर्नुको कुनै तुक छैन। धन्यबाद।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१