अब तपाईंले लखेका फेसबुक स्टाटस र टुइटको पनि बिमा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७३, शुक्रबार ०७:४१

तपाईं सामाजीक सञ्जाल चलाउनुहुन्छ र त्यहाँ केही कुरा लेख्नुहुन्छ भने त्यसको पनि बिमा हुने भएको छ ।
बजाज एलियन्सले एउटा यस्तो बिमा नीति बनाएको छ, जसले कुनै पनि व्यक्तिले लेखेका विचार तथा स्टाटसहरु सुरक्षित गर्नेछ ।
फेसबुक तथा टुइटरमा तपाईंले लेखेको कुराले मानहानी मुद्धा अथवा अन्य कुनै परिस्थितीसँग जुध्न बाध्य हुनुभयो र यदी तपाईंले आफ्ना स्टाटस तथा टुइटहरुको बिमा गराउनुभएको छ भने तपाईंलाई लाग्ने खर्च बिमा कम्पनीले व्योहोर्नेछ ।
बजाज एलियन्स जनरल इन्सुरेन्सका म्यानेजिङ्ग डाइरेक्टर तपन सिंघलका अनुसार सामाजीक सञ्जालमा लेखिने बिषयहरुको बिमा गराउने व्यक्तिले उसले स्टाटस तथा विचार व्यक्त गरेकै भरमा मुद्धामामलाको सामना गर्नुपरेमा त्यसका लागि लाग्ने सम्पूर्ण क्षतिपूर्ती कम्पनीले नै व्योहोर्नेछ ।
यसका साथै यो कम्पनीले व्यक्तिगत साइबर इन्सुरेन्स फिसिङ्ग, आइडेन्टिटी थेफ्ट, साइबर स्टाकिंग, बैंक एकाउण्ट ह्याकिङ्ग लगायतका जोखिमको पनि बिमा गरिदिनेछ ।
यो बिमाका कारण व्यक्तिको व्यक्तिगत विचार तथा अनुभूती र बौद्धिक चोरी समेत नियन्त्रण हुने बिमा कम्पनीको दावी छ ।
(एजेन्सीको सहयोगमा

प्रतिक्रिया