काठमाडौं । विश्वमा घुम्नका लागि योग्य स्थानमा नेपाल पाँचौ स्थानमा परेको छ । पौराणिक सम्पदा, प्राकृतिक सौन्दर्यताका कारण भूकम्पले क्षति पु¥याएपनि नेपाल घुम्नका लागि योग्य रहेको विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ ले सार्वजनिक गरेको छ । लोन्ली प्लानेटले सार्वजनिक गरेको घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको हो ।
लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षको अन्त्यतिर आउँदो वर्ष घुम्न योग्य विश्वका उत्कृष्ट देश तथा स्थानको सूची सार्वजनिक गर्छ । यस वर्ष पनि मंगलबार सार्वजनिक गरिएको उक्त सूचीमा दक्षिण एसियाबाट नेपाल मात्र सूचीमा परेको हो । सूचीको पहिलो स्थानमा क्यानडा, दोस्रामा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका छन् । यस्तै बर्मुडा छैटौं स्थानमा, मंगोलिया सातौं, ओमान आठौं, म्यानमार नवौं र इथियोपिया १० औं स्थानमा छन् ।
छनौट प्रक्रिया लागि भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानिने गरेको छ । यस्तै लोन्ली प्लानेटका कर्मचारीले संकलन गरेको तथ्यांकलाई पनि आधार मानिने गरेको छ । भौगोलिक सुन्दरता, भ्रमणपछिको पर्यटकको प्रतिक्रियालाई छनौटको आधार मानिने लोन्ली प्लानेटले जनाएको छ । पुर्बेलीन्युजबाट
प्रतिक्रिया