एजेन्सी–र्पोन दुनियाँ हुँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोन चाँडै नै आमा बन्ने तयारीमा छन् । उनका पति डायनियल वेभर र उनको लामो समय अघि देखि नै बच्चा जन्माउन चाहेको तर व्यस्तताका कारण सहि समय नपाएको लियोनले बताएकी छिन् । परिवारबाट निरन्तर दबाबका आउन थालेपछि छिट्टै आमा बन्ने निर्णय लिएको लियोनको भनाइ छ ।
उनले भनिन्, ‘आमा बन्ने त पक्का – पक्की नै हो , अब समय तोक्न मात्र बाँकी छ ।’ आफ्नो रहरले भन्दापनि परिवारको दबाबले आमा बन्न लागेको लियोनले हालै एक अन्तरवार्तामा बताएकी छन् । वैवाहिक जिवनको बारेमा सोध्दा उनले भनिन् , ‘डायनियल मेरो आत्मिय साथी हुन् , जिन्दगीका आरोह –अवरोहहरु हामीले संगै काटेका छौँ । म मेरा हरेक कुरा हरेक समस्या डायनियलसगं साट्न सक्छु । चाहे जतिसुकै गम्भिर या मुर्ख कुरा किन नहोस् ।’
लियोनको लाइफ पुरै डायनियलको कन्ट्रोलमा चल्छ तर पनि उनी खुशी छिन् । ‘एउटा एक्टरले पाउनुपर्ने हरेक स्वतन्त्रता र मौका गुमाउनु परेको छैन , हरेक काम दुबै जनाको सहयोग र सहमतीमा गर्छौ , आाफ्नो निर्णय आफै गर्ने छुट पनि पाएको छु , मेरो लाइफ पुरै स्ट्रेस फ्रि छ ।’ उनले भनिन् ।
‘आज सन्नीले जे छिन् जहां छिन् डायनियलको साथ र सहयोग कारणका छिन् । डायनियल उनको जिवनमा नहुन्थे भने आज उनी यती सफल हुने थिइनन् ’ उनले बताइन् ।
प्रतिक्रिया