दुध बेच्नु हुँदैन भन्ने मान्यता विस्तारै हट्न थाल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७३, बुधबार ११:३३

मकरराज धामी÷बझाङ । बझाङका स्थानीय वासिन्दामा दुध बेच्नु हुँदैन भन्ने मान्यता विस्तारै हट्न थालेको छ । गाईभैसीको दुध बजारमा विक्री गर्दा गाईभैैसीले दुध दिदैन भन्ने मान्यता विस्तारै हट्न थालेको हो । कोटदेबल गाविस–१ रनाडाका स्थानीय कृषकहरूले आजभोलि दुध विक्री गरेर नै घरखर्च चलाइरहेका छन् ।%e0%a4%a6%e0%a5%81%e0%a4%a7-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%8d%e0%a4%a8%e0%a5%81 स्थानीयहरूमा गाईभैसीको दुध बेच्नु हुँदैन भन्ने मानसिकता थियो, तर अहिले दुध बिक्री गर्न थालेको स्थानीय धनलक्ष्मी द्वावलले बताईन । दुध बिक्री गर्दा र महिनावारी भएका बेला महिलाले गाईभैसीको दुध खाएको खण्डमा देवता रिसाउछन् भन्ने मान्यता बझाङमा विद्यामान छ । यूएमएनको आर्थिक सहयोग र महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा गाउँमै गएर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपछि दुध बिक्री गर्न थालिएको हो । महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा गाउँमै दुध संकलन केन्द्र स्थापना गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१