जिल्ला जिल्लामा पुगेर तरूणहरूको राय सुझाब सल्लाह लिदै अध्यक्ष पदका प्रत्यासी पुर्ण गुरूङ्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७३, मंगलवार १०:२०

कार्तिक ९, पाँचथर । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरूणदलको आगामी कार्तिक २७/२८ र २९ गते पर्यटकीय नगरी पोखरामा हुन गईरहेको नेपाल तरूणदलको केन्द्रिय महाधिबेशनको मिति तय भए सँगै दर्जनौ तरूणहरूले उमेदवारी घोषणा गरि सकेका छन र नेतृत्व आफुले हत्याउने दाबी पनि गरिरहेका छन । नेपाल तरूण दलको पुर्ब केन्द्रिय कार्य समितिमा रहेर उल्लेखनीय कार्य गरी तरूणहरूको मन जिति सकेका देशै भरका युवाहरू माँझ निकै लोकप्रिय मानिने असोजको पहिलो साता नेपाल तरूणदलको केन्द्रिय अध्यक्षमा उमेदवारी घोषणा गरेका एक चर्चित पात्र हुन पुर्ण गुरूङ् गत संबिधान सभाको निर्बाचनमा बरिष्ठ नेता रामचन्द्र पौडेल बिरूद्ध बाग़ी उमेदवारी समेत दिएर चर्चामा आएका पुर्ण गुरूङ्लाई नेपाल तरूणदल केन्द्रिय कार्यसमितिको २०७२ चैत्र २७ गते बसेको बैठकले फुकूवागरी पार्टी केन्द्रिय कार्यालयमा सिफ़ारिस गरिएको र नेपाल तरूणदल तनहुँको अधिबेशन बाट सर्बसहमती बाटै जनजातिकोटामा केन्द्रिय पार्षदमा चयन भएको र नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँले पनि फुकूवा गरी पार्टी सभापती बैकुन्ठनाथ न्यौपाने मार्फत केन्द्रिय कार्यालयमा पत्र पेश गरि सकिएकोले उनलाई तरूणदलको केन्द्रिय अध्यक्षमा चुनाब लड्न रोकथाम हुन नसक्ने र उनी जिल्लाबाट सोतह केन्द्रिय पार्षदमा चुनाब जितेर आईसकेकोले भोट हाल्न पाईने तर चुनाब लड्न नपाईने कुनैपनी तरूणदलको बिधिबिधानमा नरहेकोले आफू चुनाब लड्न कुनैपनी बाधा अड्चन नपर्ने भन्दै यतिबेला पुर्ण देश दौडहामा जिल्ला जिल्लामा तरूणदलका महाधिबेशन प्रतिनिधि तरूण साथीहरूलाई भेट्दै हिडिरहेका छन । आफूले बागी उमेदवारी नदिएको र आफुले नेतृत्व बर्गको ज्यादति र तानाशाहीका बिरूद्ध आवाज मात्र उठाई सचेत मात्र गराएको दाबी गरेका छन । %e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%99तनहुँ स्याँङ्जा पाल्पा रूपन्देही अर्घाखाँची दाङ् बाँके बर्दिया कन्चनपुर कैलालीका तरूण साथीहरूको राय सुझाब सल्लाह बुझ्दै अहिले नेपाल तरूणदल पाँचथरले तरूणदलको स्थापना दिबश पारेर आयोजना गरेको फ़ुटबल प्रतियोगितामा भाग लिन पाँचथर आईपुगेको छन।पुर्बका जिल्लाहरूमा जनजाति बाहुल्य रहेको हुँदा पुर्बमा गुरुङ्को पकड निकै राम्रो मानिन्छ जिल्ला जिल्लामा तरूणहरूले तोकिएकै मितिमा चुनाब हुनूपर्ने महाधिबेशन सर्न नहुने र हिजो माओबादी ज्यादतीका बिरूद्ध पनि खुट्टा नकमाएर तरूणहरू संग हातमा हात काँधमा काँध मिलाएर दुखसुखमा लड्दै आएको र तरूणहरूको मर्म भावना बुझ्ने भएकाले हामीहरूको साथ तपाईलाई भनेर जिल्ला जिल्ला बाट महाधिबेशन प्रतिनीधी तरूणहरूले बताएपछी गुरूङ् निकै हौसिएका छन । आफुले सम्पुर्ण तरूण साथीहरूको मनोभावना बुझेकोले आफुले बेरोज़गारी समस्या सामाधान स्वदेशमै रोजगारीको ब्यबस्था गर्न पहल गर्ने आफ्नो प्रमुख योजना रहेको र काँग्रेस बनेर तरूण बनेर लाग्दै गर्दा समाजसेवामा लाग्दै गर्दा कोही कसैले अबरोध गर्छ भने हटी होईन डटी सामना गर्न तरूणहरूलाई सुझाएका छन अब देश बचाउँने ज़िम्मेवारी तरूणको काँधमा आएकोले सम्पुर्ण तरूणहरू बिकास निर्माणमा लाग्नु पर्ने कुरिती कुसंस्कार भ्रष्टचार लाई निर्मूल पार्दै अघि बढ्नु पर्ने र आफ्नो उमेदवारी कार्यकर्ताहरूमा चाकरी चाप्लुसी चुक्ली र नेताकै अघिपछी लाग्ने प्रबृती चरम चुलीमा पुगेको छ सोझा साझा संगठनको लागी मरी मेट्ने कार्यकर्ता पछाडी पारिएका छन जिल्लाका नेतृत्व सम्हाल्ने स्थानिय नेताहरू राजधानीमुखी नेताहरूकै अघिपछी लागेर बिताउने बानी परेका छन पार्टीमा डनबाद र धनबाद हाबी गराँउदै पार्टी कब्जा गर्न खोजिएको छ यस्ताका बिरूद्ध आफ्नो उमेदवारी रहेको गुरूङ्ले बताएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१