यसरी रोकौ अनावश्यक भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७३, मंगलवार ०८:४३

काठमाडौँ । वेबसाइटमा आजभोलि भिडियोको प्रयोग अत्यधिक बढेको छ । फोरजी नेटवर्कको कारण मोबाइलमा भिडियो हेर्न पनि निकै सजिलो भएको छ । तर, वेबसाइट ओपन गर्नासाथ स्मार्टफोन, ट्याब्लेट तथा ल्यापटपमा आफँै भिडियो ओपन हुने समस्याले धेरैलाई दिक्दारी पनि बनाउने गर्छ । यस्ता अधिकांश भिडियो विज्ञापन हुने गर्छन् ।%e0%a4%85%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%b6%e0%a5%8d%e0%a4%af%e0%a4%95-%e0%a4%ad%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%af%e0%a5%8b
इन्टरनेट प्रयोग गर्ने सबैलाई यस्तो समस्याले वाक्क नै बनाउँछ । यो समस्याबाट छुटकारा पाउन अडियो बन्द गर्ने डिभाइस तथा ब्राउजर एक्स्टेन्सन प्रयोग गर्न सकिन्छ । क्रोम ब्राउजरमा साइलेन्ट साइट साउन्ड ब्लकर उपयोगी हुन्छ । आफूलाई मन पर्ने वेबसाइटमा मात्र आवाज आउने पनि बनाउन सकिन्छ । नयाँ पत्रिकाले छापेको छ ।

कुनै पनि वेबसाइटमा जब कुनै अडियो–भिडियो फाइल चल्न थाल्छ, त्यतिवेला स्क्रिनमा एउटा पप–अप देखा पर्छ । जसले सो वेबसाइटमा त्यसलाई अनुमति दिने–नदिने सोध्छ । एकपटक स्वीकृति नदिएपछि त्यो पुनः दोहोरिँदैन । आफ्नो सेटिङलाई भिडियो–अडियो एकपटक मात्र चल्न मिल्ने पनि बनाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१