बझाङमा रसायनिक मल प्रयोग हुन् छोड्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७३, सोमबार १३:१६

मकरराज धामी / बझाङ। धान ,गहु तथा मकै उत्पादनका लागी प्रख्यात मानिने बझाङ जिल्लाका अधिकाशं उर्बर खेतहरुमा रसायनिक मलको प्रयोग नहुदा किसानहरुले गोठे मल प्रयोग गर्ने गरेका छन् । रसायनिक मल प्रयोगका कारण माटो बिग्रने तथा उत्पादनमा समेत ह्रास आउने भन्दै जिल्लाका उर्बर खेतहरुमा बढीजासे गोठेमल तथा प्रांगारिक मल प्रयोग गर्ने किसानको सख्या दिन प्रतिदिन बढ्दो रहेको छ । जिल्लाको धान उत्पादनका लागी प्रख्यात मानिने जुजी जिउलो ,थली जिउलो , छान्ना क्षेत्र ,थलारा क्षेत्र बुगोल क्षेत्रका अधिकाशं खेत हरुमा प्रांङ्गारिक मल प्रयोग हुने गरेको छ ।

जिल्लामा कोदो ,मार्से, गहत ,भटमास , गुसाउस ,तथा मसुरो फल्ने जिल्लाका लेकाली भेगमा समेत गोठे तथा प्राङ्गारिक मलको प्रयोग हुने गरेको छ । समयमा रसायनिक मल नपाईने पाईहाले पनि नियमित रुपमा खेत हरुमा प्रयोग गरि हाले पनि माटो कडा हुने उत्पादनमा ह्रास आउने माझीगाँउका किसान बसन्त रोकायाले भन्नु भयो । जिल्ला कृर्षि बिकास कार्यालयका निमित्त प्रमुख प्रसाद पुरीले जिल्लाको कृषी योग्य जमिनको क्षेत्रफल हेर्नेहो भने रसायनिक मलको एकदमै कम प्रयोग हुने गरेको बताउनु भयो । वहााँले भन्नु भयो बलौटे माटो भएको सेती नदी ,कालगां नदी किनाराका क्षेत्रमा मात्र रसायनिक मल प्रयोग हुने गरेको र प्रति बर्ष एक सय मेट्रिक टनको हाराहारीमा मात्र मल जिल्ला भित्रिने गरेको बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१