जलबिद्युतको बिकाशमा एकजुट हुन आबश्यक छ : सांसद केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७३, आईतवार ११:५५

नुवाकोट । सांसद तथा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जलबिद्युतको बिकाश बिना देशको समृद्धी हुन नसक्ने बताउनुभएको छ । आइतबार नुवाकोटको बट्टारमा आयोजना भएको जलविद्युत विकासमा सहमति एवं जलविद्युत रिपोर्टिङमा क्षमता अभिवृद्धि प्रशिक्षण तथा कार्यशाला दुई दिने गोष्ठिमा बोल्दै नेता केसीले यस्तो बताउनुभएको हो । 14797328_1819397935011982_1275542872_nकार्यक्रमको उट्घाटनको क्रममा सांसद केसीले ऊर्जा सुरक्षा मानिसलाई गाँसबासको समस्या जत्तिकै आवश्यक रहने हुँदा उत्पादनमा जोड दिनुपर्ने कुरा बताउनुभयो । नेता केसीले नेपालमा जलविद्युतको प्रचुर संभाव्यता रहेको र यसको उत्पादनमा विशेष जोड निर्माणमा दिएर ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । नेता केसीले नुवाकोट जलबिद्युतको प्रचुर सम्भाबना भएको भएपनि जलबिद्युत निर्माणमा राजनिति हुदाँ जलबिद्युतको बिकाश हुन नसकेको बताउनुभयो । उहाँले जलबिद्युतको बिकाशले देशको आर्थिक समृद्धी, हुने बताउनुभएको छ । नेपाली काँग्रेस नुवाकोट सभापति समेत रहनु भएका केसीले जलबिद्युतका आयोजनाहरु पर्याप्त रुपमा नहुदाँ उद्योग,कलकारखाना र बिकाशका पुर्बधारको समेत बिकाश हुन नसकेको बताउनुभयो । उहाँले नेपालको लगानीको स्रोत धैरै भएपनि स्थानिय स्तरमा जनचेतनाको कमीका कारण पनि त्यसको बिकाश नभएको दाबी गर्नुुभयो । उहाँले जलबिद्युतको बिकाशको लागी आफ्नो दल नेपाली काँग्रेस नुवाकोट सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१