कमला भट्टराईले अर्कै युवतीको फेसबुक आइडी बनाएर झापाका युवालाई यसरि फसाइन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७३, आईतवार ०८:०५

काठमाडौं। सामाजिक संजाल कोहीलाई बाँदरको पुच्छर लौरो न हतियार भएको छ भने कसैलाई विग्रहको बाटो बनेको छ । फेसबुकमा अर्काको आइडी बनाएर विवाह गर्न बोलाउने एउटी महिला प्रहरीको फन्दामा परेका छन् । इलाम नयाँबजार घर भई हाल झापा बस्दै आएकी भीमा भनिने कमला भट्टराईले अर्कै युवतीको फेसबुक आइडी बनाएर झापाका युवालाई फसाउनु फसाइन् ।facebook

कमलाले सुम्बेककी राधिका मिश्रको नाममा फेसबुक आइडी बनाएर झापाकै एक युवासँग माया पिरतीका कुरा गर्ने, वालमा राधिकाकै फोटो पोष्ट गर्ने र राधिका नै भएर फोनमा पनि कुरा गर्दै आएकी थिइन् ।

कुरा गर्ने क्रममा एक दिन ती युवालाई विवाह गर्न मन्जुर भएको भन्दै घरमा मगनी गर्न बोलाइन् । फेसबुकमा लागएको फोटो हेर्दा ती युवालाई पनि ठिकै लाग्यो । एक जना साथी लिएर सोधखोज गर्दै घरमै पुग्दा भने राधिका र उनका परिवार तीन छक्क परे । उनले फेसबुकमा न कुनै केटासँग च्याट गरेकी नै थिइन् न त फोनबाटै कुरा गरेकी थिइन् ।

त्यसपछि फेसबुक र फोनको भरमा केटीको घरमा पुगेका केटालाई पनि अब कसैले झुक्याएको प्रष्ट पारे । खोजी गर्दै जाँदा सुम्बेक माइत, नयाँबजार घर र हाल झापा बस्दै आउकी दुई सन्तानकी आमा कमलाले फेसबुक आइडी खोलेर केटालाई झुक्याएको थाहा भायो । जिल्ला प्हरी कार्यालयले कमलालाई बोलाएर सोधखोज गर्दा उनले अन्त्यमा स्वीकारिन् । श्रीमान र ससुरा पनि पनि आएर माफी मागेपछि प्रहरीको खोरमा भने बस्न परेन । आइन्दा यस्तो नगर्ने शर्तमा छोडियो । कारबाहीबाट बचिन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१