ब्राजिलका प्रशिक्षक स्कोलारीले राजीनामा दिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७१, मंगलवार ०९:२९

ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारीले पदबाट राजीनामा दिएका छ्न । विश्वकपको उपाधि जित्न असफल भएपछि स्कोलारीले पदबाट राजीनामा दिएको ब्राजिलको ग्लोबल टीभीले जनाएको छ ।3339e5f40edb174a84d8da5236defeb9_L
६५ वर्षीय स्कोलारीले सन् २००२ मा ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए । यो पटक पनि विश्वकप जित्ने लक्ष्यका साथ स्कोलारीलाई टोलीको प्रशिक्षक बनाइएको थियो ।
अपेक्षा गरिएजस्तो राम्रो प्रदर्शन नगरेपनि सेमिफाइनलसम्म पुगेको थियो । तर, स्टार स्ट्राइकर नेयमारको ढाडको एउटा हड्डी भाँचिएपछि ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७-१ ले लज्जास्पद हार व्यहोर्‍यो । तेस्रो स्थानका लागि भएको खेलमा पनि घरेलु टोली नेदरल्याण्डसँग ३-० ले पराजित भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१