साउदी राजपारिवारले संसारसँग लुकाएका ७ कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार १४:३६

साउदी अरेवियामा ४० वर्षमा पहिलो पटक शाही परिवारका एक सदस्यलाई मृत्यु दण्डको सजाय दिइएको छ । साउदीमा शाही परिवारको राज छ र परिवारका सदस्यहरुका गोप्य कुरा बाहिर आउनु दुर्लभ मानिन्छ ।

नागरिकको हत्या अभियोग लागेर घटना छताछुल्ल भएपछि शाही परिवारमा पहिलो पटक कुनै सदस्यलाई मृत्यु दण्ड दिइएको छ । तर यस अघि पनि साउदी शाही परिवारको बारेमा सार्वजनिक भएका ७ कुरा भने राजपरिवारले लुकाइरहेको छ । यी ७ सत्य संसारले थाहा नपाओस भन्ने साउदी राजपरिवार चाहन्छ । यी कुरा सम्बन्धि कुनै कुरा खोल्नेलाई तत्काल टाउको छिनाएर मृत्यु दण्ड दिने गरिएको खुलासा विकिलिक्सले केही समय अघि गरेको थियो ।

१- यहुदी परिवारका बंशज भएको तथ्य
साउदी राजपरिवार मुस्लिम हो । तर इतिहासकारहरुले साउदी राजपरिवार यहूदीको बंशज भएको बताएका छन् । उनीहरुको सम्बन्ध यहुदीको अञ्जा ट्राइबसँग रहेको इतिहासकारको भनाइछ । इराकी गुप्तचरले समेत गोप्य दस्तावेजमा साउदी राजपरिवारका पुर्खा यहुदी भएको खुलासा गरेको थियो । तर साउदी परिवारले उक्त दस्तावेज तयार गर्नेलाई मार्ने आदेश दिएको थियो । साउदी राजा फैजलले एक अन्तर्वार्तामा सार्दी परिवार यहुदीका मित परिवार भएको खुलासा गरेका थिए ।

२- राजकुमार माजेद बिन अब्दुलाहको यौनकाण्ड
रिपोर्टहरुमा जनाइए अनुसार साउदी राजकुमार माजेद बिन अब्दुलाह बिन अब्दुलाजीज अल सौदले अमेरिकाको लस एन्जेलिसमा आफ्नै घरमा काम गर्ने एक महिलामाथि यौनजन्य आक्रमण गरेका थिए । ती महिलाले आफूलाई भगाउने कोशिस समेत गरेको खुलासा गरेकी थिइन् । उनलाई गार्डहरुले बचाएका थिए । उनीविरुद्ध अमेरिकामा मुद्धा परेपनि साउदी राजपरिवारले माजेदलाई भगाएको थियो ।

३- लण्डनमा नोकर हत्याकाण्ड
साउदी राजकुमार साद बिन अब्दुलाजीज बिन नासिर अल सादले लण्डनमा आफ्ना नोकरलाई यातना दिएर हत्या गरेका थिए। उनले अदालती सुनुवाइमा उक्त घटनाको स्वीकारोक्ति गरेपनि मारेको कुरा अस्विकार गरेका थिए ।लण्डनको होटलमा भएको यो हत्याकाण्डपछि बेलायतले उनलाई साउदी फर्काएको थियो ।

४- लागु औषध र सेक्सका लागि दरवारिया पार्टी
साउदी कानुनले मदिरा सेवन गर्नु गैरकानूनी मानेको छ । मदिरा सेवन गरेमा मृत्युदण्ड समेत दिने गरिन्छ । तर साउदी शाही परिवारमा भने लागु औषधसहित सेक्स पार्टी हुने गरेको खुलासा विकिलिक्सले गरेको थियो ।

५- साउदी राजकुमारबाट लागु औषध बरामद
साउदी राजकुमार र उनका साथीहरुबाट ठूलो मात्रामा लागु औषध बरामद भएपछि लेवनानको बेरुत विमानस्थलमा हिरासतमा राखिएको थियो । साउदी राजकुमारको जेटका २ टन लागु औषध बरामद भएपछि उनलाई पक्राउ गरिएको थियो । तर पछि भने साउदी राज परिवारले उनलाई मुक्त गराएर स्वदेश ल्याएको थियो ।
६- राजकुमारीको प्रेम काण्ड
साउदी राजकुमारी मिशाल बिन्ट फाहदलाई सन् १९७७ मा अवैध प्रेम सम्बन्ध राखेको आरोपमा गोली हानिएको थियो । केवल १९ वर्षकी मिशाल लेवनानमा थिइन् । खालिद नामका एक युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै उनलाई आफ्नै पिताले मार्ने आदेश दिएका थिए । प्रेमीसँग देश छोड्न चाहेकी उनलाई विमानस्थलमा पक्राउ गरेर मारिएको थियो ।

७- भतिजाले गरे गरे हत्या
साउदी राजा फैजल इबु मुसैदको हत्या उनका भतिजाले नै गरेका थिए । फैजलले सार्वजनिक भाषण गरिरहेको समयमा उनलाई गोली हानिएको थियो । उनको हत्या गर्ने भतिजाको पछि टाउको काटेर हत्या गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१