यस्तो छ प्रियंकाको न्यूयोर्कको घर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७३, बुधबार १३:५५

chopraमिस वल्ड हुँदै बलिउडमा पनि सफल अभिनेत्रीको दरिएकी अभिनेत्री प्रियंका चोपडाले यतिबेला अमेरिकामा पनि आफ्नो दर्हो उपस्थिति जनाइ रहेकी छन्। अमेरिकी टिभी शो क्वान्टिकोबाट अमेरिकामा चर्चित बनिरहेकी प्रियंकाको व्यस्तता बलिउडमा भन्दा पनि हलिउड नगरीमै चुलिरहेको छ।

पहिलो सिजनमा सर्वाधिक सफल भएपछि सो श्रृखंलाको दोस्रो सिजनमा पनि प्रियंका दोहोरिन्। प्राप्त सफलतालाई अझ उचाइमा पुर्‍याउन र अमेरिकामै जम्ने सुरसारमा रहेकी प्रियंकाले आफ्नो अमेरिकाको बसाइलाई स्थाइ बनाउन अमेरिकामा घरसमेत किनिसकेकी छन्। उनले अमेरिकामा किनेको सो घरको तस्विर हालै सार्वजनिक भएको छ। प्रियंकाको सो घरलाई धेरैले मनपराएका छन्।

उनले न्यू योर्कमा घर किनेकी हुन्। उनको सो घर उनको टिभी श्रृखंलाको सेटबाट २०-२५ मिनेटको दुरीमा रहेको छ। ‘क्वान्टि’को सिरियलका लागि १५-१५ घण्टा काम गर्नुपर्ने भएकाले उनले सेट नजिकै घर किनेको बताएकी छन्।

प्रियंकाको सो घरमा जिम हल, मेकअप रूमका अलावा अभिनय अभ्यास गर्ने कोठाहरूसमेत रेहेका छन्।

 तस्विरमा हेर्नुस् प्रियंकाको घर:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१