म्यानमारमा डुङ्गा दुर्घटनामा मारिनेको सङ्ख्या ३९ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७३, बुधबार ०८:०२

याङ्गुन । उत्तरपश्चिमी म्यानमारमा गत शनिबार भएको एक डुङ्गा दुर्घटनामा मारिने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । अग्नि नियन्त्रण सेवा विभागले मङ्गलबार सो जानकारी दिएको छ ।
दुर्घटना स्थलबाट सोमबारसम्म निकालिए ३१ शवमा २२ जना महिला रहेका जनाइएको छ । ती महिलामा पनि प्रायः जस्तो विद्यालयमा शिक्षिका रहेका बताइएको छ ।

यस दुर्घटनामा परी अझै पनि ८० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

करिब ३०० व्यक्ति सवार रहेका अनुमान गरिएको सो डुङ्गामा एक विश्वविद्यालयका करिब ८० जना विद्यार्थी, ३० जना शिक्षक केही चिकित्सकलयलगात र अन्य १०० भन्दा बढीबीच बाटोमा चढेका व्यक्ति रहेका थिए । दुर्घटना भएकै दिनमा १५७ जना व्यक्तिलाई तत्काल उद्धार गरिएको बताइएको छ ।

म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनु नै बारम्बार दुर्घटना हुृने गरेको अधिकारीको अनुमान रहेको छ ।

दुर्घटना पछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका बतनाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१