जर्मनीका तानाशाह एडोल्फ हिट्लर जन्मेको घर भत्काइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार १४:२१

hitlarजर्मनीका तानाशाह एडोल्फ हिट्लर जन्मेको घर भत्काइने भएको छ। अस्ट्रियाको सरकारले अस्ट्रिया र जर्मनीको सीमा नजिक रहेको हिट्लर जन्मेको घर ‘ब्रनाउ एम इन’ भत्काउने तयारी गरेको हो। हिट्लरको परिवार उक्त तीन तले घरको माथिल्लो तलामा भाडामा बस्थे। यही घरमा सन् १८८९ अप्रिल २० तारिखमा उनको जन्म भएको थियो।
नाजी शासनको बेला यो घरलाई हिट्लरको स्मारक बनाइएको थियो जहाँ धेरै पर्यटक आउँथे। तर सन् १९४४ मा नाजी शासन सकिएसँगै यसलाई बन्द गरिएको थियो।
यो घर नाजीका लागि पूजनीय स्थल वा केन्द्रविन्दु नबनोस् भनेर अस्ट्रियाको सरकारले भत्काउने भएको हो। अस्ट्रियामा यो घरलाई लिएर धेरै विवाद भएको छ। केहीले यसलाई भत्काउन पर्ने त केहीले अन्य कुनै प्रयोगमा ल्याउनपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१