रेखाले ल्याउने भइन ‘कसले चोर्यो मेरो मन फेरी’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार १३:२९

rekha-thapaनायिका तथा निर्मात्री रेखा थापाले होम प्रोडक्सन रेखा फिल्मसबाट नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन्। सबिर श्रेष्ठको निर्देशनमा बन्ने रेखाको फिल्मको नाम ‘कसले चोर्यो मेरो मन फेरी’ हुने तय भएको छ।
आगामी दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको ‘कसले चोर्यो मेरो मन फेरी’ माघदेखी फ्लोरमा जानेछ। सविर श्रेष्ठको डेव्यु निर्देशनमा सात वर्ष पहिले सुपरहिट भएको फिल्म ‘कसले चोर्यो मेरो मन’ निर्माण भएको थियो।
‘कसले चोर्यो मेरो मन’ मा नायक आर्यन सिग्देल रेखाको अपोजिटमा थिए। यसपटक उनको जोडी को भन्नेमा रेखाले सो तय हुन बाँकी रहेको बताइन्। ‘पक्का भैसकेको छैन । हामी प्रतिभावान नायकको खोजीमा छौं’ रेखाले भनिन्, ‘नायक नव या चलन चल्तीकै हुन सक्छन् तर स्क्रिप्टमा फिट हुनुपर्दछु, रेखाले भनिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१