भारतबाट नेपाल भित्राईरहेको अवस्थामा पक्राउ परेका कपडा सहितको एक गाडि राजस्व अनुसन्धान कार्यालय पथलैयामा चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार ०७:००

%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b8%e0%a5%8d%e0%a4%b5-%e0%a4%85%e0%a4%a8रौतहट ,२ कार्तिक । अवैध रुपमा भन्सार छली भारतबाट नेपाल भित्राईरहेको अवस्थामा पक्राउ गरिएको कपडा सहितको एक गाडि रौतहट प्रहरीले  मध्य क्षेत्रिय राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । भन्सार छली नेपाल ल्याईरहेको अवस्थामा गत शुक्रवार राति बा १ क ३६८४ नम्बरको कपडा लोड भएको पिकअप गाडि मध्य क्षेत्रिय प्रहरी कार्यालय हेठौडाको टोलीले जिल्लाको सखुअवा चौकबाट पक्राउ गरेको थियो । कपडा सहित पक्राउ परेको गाडिलाई प्रहरीले स्थानिय सुकदेव चौक स्थित रहेको प्रहरी चौकीलाई जिम्मा लगाएको थियो । गएको शुक्रवार साझँ करिव ६ बजेको समयमा भारतको बैरगनिया बजारबाट गौरको मुख्य नाका भएर महादेवपटी हुदै गईरहेको अवस्थामा विषेस सूचना पाउँन साथ गएको प्रहरी टोलीले उक्त कपडा सहितको गाडि पक्राउ गरेको थियो । सामाचार श्रोतका अनुसार पक्राउ परेको कपडा चर्चित तस्कर सुनिल जयसवालको रहेको छ । जयसवाल धैरैदिनदेखी रौतहटमा विभिन्न सामानको तस्करी गर्दैआएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१