भारतको गोवामा भैरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने : रामशरण महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७३, सोमबार ०७:३०

काठमाडौं,१ कार्तिक । सत्तारुढ दल नेपाली का‌ग्रेसका प्रभावशाली नेता रामशरण महतले भारतको गोवामा भैरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका महतले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय भेटवार्ता गर्ने उपयोगिताबाहेक अन्य उपलब्धि हासिल गर्न नसक्ने बताएका हुन् । ‘नेपाल ब्रिक्सको सदस्य राष्ट्रपनि होइन, त्यसैले यसमा हामीले ठूलो अपेक्षा गर्नुभन्दा पनि द्धिपक्षीय महत्वपूर्ण भेटवार्ताका उपयोगिताहरु हुन सक्छन्, त्यसबाहेक अरु त के नै हुन्छ र र ? ’ उनले भने ।
सम्मेलनमा भाग लिँदैमा केही नहुने तर्क उनको थियो । उनले भने, ‘पहिलो कुरा राष्ट्र बलियो हुनुपर्छ, नेपालले त चीन र भारतसँगको सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ ।’ram-sharan-mahat
उनले ब्रिक्स आफैँमा मार्केट नभएको दाबी गरे । उनले भने, ‘ब्रिक्सले अहिले आकार लिइसकेको छैन, यो फर्मैशन नै भएको छैन ।’ उनले नेपालले द्धिपक्षीय साझेदारीको विषयमा बढी ध्यान दिनुपर्ने औंल्याए । महतले थपे, ‘ब्रिक्सका अन्य सदस्य राष्ट्रहरु धेरै टाढाको विषय हो, हामीले भारत र चीनसँग विशेष ध्यान दिनुपर्छ, हाम्रो बजार भनेको नै यी दुई छिमेकी हुन्, यसमा हामीले विशेष जोड दिनुपर्छ ।’
महतले चीन, नेपाल र भारतबीचको त्रिदेशीय साझेदारीको कुरामा भने आफूले पनि राम्रो सम्भावना देखेको बताए । उनले भने, ‘त्रिपक्षीय साझेदारीको लागि नेपाल महत्वपूर्ण कोरिडोर बन्न सक्छ, यो कुरामा म पनि सहमत छु ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको दुई महिना नबित्दै भारत भ्रमणमा जाने, उपप्रधानमन्त्रीहरुलाई दूत बनाएर पठाउने र फेरि भ्रमणमा निस्किएकोप्रति इंगित गर्दै भने, ‘यी कुराहरु पनि ठीकै होलान्, तर राष्ट्रिय समस्याको हल त गर्नुपर्यो नि, हाम्रो आर्थिक स्थिति बलियो त हुनुपर्यो नि ? ’
संविधानलाई लिएर असन्तुष्ट बनेको मधेस केन्द्रित दललगायत अन्य पक्षहरुको माग पूरा गर्नको लागि सरकारले यथेष्ट छलफल नै नगरेको महतको आरोप थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१