संयुक्त राष्ट्र संघ । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई लागूऔषध परीक्षण गर्न माग गरेका छन् ।
अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम भन्दाअगाडी हिलारीको परिक्षण हुनु पर्ने शनिबार ट्रम्पले माग गरेका हुन् । ट्रम्पले आफ्नो प्रतिश्पर्धी क्लिन्टनले यस अघि भएका संयुक्त बहस सुरु हुनुभन्दा अगाडी पनि लागुऔषध प्रयोग गरेको आरोप लगाएका छन् ।बहसका क्रममा क्लिन्टनको प्रस्तुती राम्रो हुनुमा लागूऔषधको प्रभाव हुन सक्ने ट्रम्पको आरोप छ । उहाँले क्लिनटनलाई मतदान नगर्न समेत आह्वान गरेका छन् । रिपक्लीकन पार्टीका उम्मेद्धवार ट्रम्पलाई यौनदुव्र्यवहारको आरोप लागिरहेका बेला ट्रम्पले क्लिनटनलाई लागूऔषध प्रयोग गरेको आरोप लगाएका छन् ।
विदेशमन्त्री भएका बेला गोप्य इमेलहरुको दुरुपयोग गरेकाले आफु विजयी भएमा क्लिन्टनलाई जेल हाल्ने ट्रम्पले बताएका छन् । क्लिन्टनलाई जेलहाल्ने बताएपछि उनका समर्थकहरुले “क्लिनटनलाई थुन” भन्दै नारावाजी गरेका थिए ।
पछिल्लो बहसमा सहभागी भएका बेला क्लिन्टनले लागूऔषध सेवन गरे वा नगरेको बारेमा परीक्षण गर्न पनि ट्रम्पले माग गरेका छन् । आफ्नो पनि परीक्षण गराउन आफू तयार रहेको उनले बताएका छन् ।
पोर्टस्माउथमा आयोजित एक चुनावी सभामा सम्बोधन गर्दै ट्रम्सले “क्लिन्टन बहसको सुरुमा निकै उत्तेजित देखिएकी थिईन्, तर अन्तिममा भने निकै कमजोर देखिइन र आफ्नो कारसम्म पुग्न पनि निकै गाह्रो भएको थियो ।” भने दावी समेत गरेका समाचारमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच एक हप्ता अगाडी दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रभरी नै ट्रम्प र क्लिन्टनले एकअर्कामाथि हिलो छ्याप्ने र सकेदेखि एकअर्कालाई उम्मेदवारीबाटै सिध्याइदिनेसम्मको आक्रामक प्रयासमा लागे ।
कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गर्नु भएका अमेरिकी रणनीतिहरु, इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकहरुमा गरिएको सहयोग इत्यादि बारे पनि ट्रम्पले तीब्र आलोचना गर्न भ्याए ।
प्रतिक्रिया