लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमनमा वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७३, आईतवार ०६:४४

रसुवा । हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा  चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् । गत वर्षको सोही अवधिभन्दा आगमन करिब पाँच सयले वृद्धि भएको छ ।%e0%a4%b2%e0%a4%be%e0%a4%99%e0%a4%9f%e0%a4%be%e0%a4%99-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%97%e0%a5%8b%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%81%e0%a4%95%e0%a5%81%e0%a4%a3%e0%a5%8d%e0%a4%a1

अहिलेसम्म पर्यटक प्रवेश शुल्कबाट रु ५३ लाख ९० हजार राजस्व प्राप्त भएको छ । असोज, कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम भएकाले दैनिक ५० भन्दा बढी पर्यटकको हिमाली क्षेत्रमा आगमन हुन थालेको बताइएको छ  ।

पर्यटकको प्रमुख प्रवेशद्वार धुन्चेमा नेपाली सेना, नारायणदल गणको जाँचचौकीले पर्यटक आउनासाथ छिटोछरितो परीक्षण गरी पठाउने गरेकाले निकुञ्ज भ्रमण गर्ने पर्यटक बढी प्रफुल्लित हुने गरेको पथप्रदर्शकले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१